नेपाल र भुटान बराबरीमा रोकिए

Published on

काठमाडौँ । नेपाल र भुटान यु–१९ राष्ट्रिय महिला टोली बिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा नेपाल र भुटान १–१ गोलको बराबरीमा रोकिएका हुन् । सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाएको थियो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकएिको थियो । ६७औँ मिनेटमा सुशिला केसीले डिबक्स छेउबाट सोझै गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो । त्यसपछि ८०औँ मिनेटमा भुटानकी फुन्ट्शो छोडेनले गोल गर्दै खेललाई बराबरीमा सक्नुभएको थियो । यसअघि, नेपाल र भुटानको महिला यू–१६ टोलीको मैत्रीपूर्ण खेलमा नेपाल भुटानसँग ५–१ गोलले पराजित गरेको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...