इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो

Published on

काठमाडौँ । इरानी अधिकारीहरूले आधिकारिक रूपमा ह्वाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण परिवर्तन गरेको छ । शीर्ष सरकारी अधिकारीहरूसँगको बैठकपछि आएको यो निर्णयले केही समयका लागि प्रमुख विश्वव्यापी प्लेटफर्महरूमा पहुँच प्रतिबन्धित इन्टरनेट नाकाबन्दीलाई सहज बनाउने दिशामा नयाँ कदमको सङ्केत गर्छ ।

तीनै तहका सरकारका प्रमुख, मन्त्री र सर्वोच्च परिषद्का सदस्यहरुको सहभागितामा मङ्गलबार बसेको बैठकमा इन्टरनेट सुशासन र प्रतिबन्धसम्बन्धी नीतिको पुनरवलोकन र समायोजन गर्ने विषयमा छलफल भएको थियो । सम्बन्धित अधिकारीहरूको मूल्याङ्कनको प्रस्तुतीकरण पछि काउन्सिलले अवस्थित इन्टरनेट प्रतिबन्धहरूमा परिवर्तनहरूलाई अनुमोदन गर्‍यो । इरानका सूचना तथा सञ्चार प्रविधि मन्त्री सत्तार हाशेमीले भन्नुभयो,“आज हामीले एकता र सहयोगका साथ इन्टरनेट प्रतिबन्ध हटाउनेतर्फ पहिलो कदम चालेका छौं । यस प्रयासको लागि म अध्यक्ष, सञ्चारकर्मी र कार्यकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्दछु ।”

इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आईआरएनए) रिपोर्टहरूका अनुसार, प्रतिबन्धहरू हटाउने कदम इरानी सरकारको डिजिटल परिदृश्य प्रबन्ध गर्नको लागि व्यापक दृष्टिकोण अनुरूप छ । यसले नियमन गरिएको साइबरस्पेस शासनको महत्त्वलाई जोड दिन्छ । इन्टरनेट प्रतिबन्धहरू हटाउने राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो राष्ट्रपति अभियानको क्रममा गरेका प्रमुख प्रतिज्ञाहरूमध्ये एक थियो । यद्यपि प्रगतिको बाबजुद, सरकारले आफ्नो दृष्टिकोणले ह्वाट्सएप र गुगल प्ले जस्ता विश्वव्यापी सेवाहरूको पुनः परिचयसँगै स्थानीय प्लेटफर्महरूको विकास र प्रयोगलाई प्राथमिकता दिने कुरामा जोड दिएको छ ।

यी परिवर्तनहरू देखा पर्दा, स्थानीय व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरू दुवैमा व्यापक प्रभाव अझै पूर्ण रूपमा मूल्याङ्कन गर्न बाँकी छ । प्रतिबन्धहरू सहज बनाउनु इरानमा इन्टरनेट स्वतन्त्रताको लागि एक महत्त्वपूर्ण कदम हो । राससरएएनआईयी परिवर्तनहरू देखा पर्दा, स्थानीय व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरू दुवैमा व्यापक प्रभाव अझै पूर्ण रूपमा मूल्याङ्कन गर्न बाँकी छ । प्रतिबन्धहरू सहज बनाउनु इरानमा इन्टरनेट स्वतन्त्रताको लागि एक महत्त्वपूर्ण कदम हो । रासस/एएनआई

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...