इथियोपिया सडक दुर्घटनाः ७१ जनाको मृत्यु

Published on

काठमाडौँ । दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम तथा नियन्त्रण निर्देशनालयले आइतबार राति आफ्नो फेसबुकमा लेखेको छ । “दुर्घटनामा परी ६८ पुरुष र तीन महिलाको मृत्यु भएको छ । ” स्थानीय समयअनुसार आइतबार साँझ ५ः३० बजेतिर गाडी सडकबाट नदीमा खसेको प्रहरीले जनाएको छ । “घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्”, पोस्टमा भनिएको छ, “प्रहरीले दिएको जानकारीमा घटनाको समयमा बसमा कति यात्रु सवार थिए भन्नेबारे जानकारी दिइएको छैन ।”

राजधानी अदिस अबाबाबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको सिदामा राज्यको बोना जुरिया वोर्डामा दुर्घटना भएको हो ।स्वास्थ्य ब्युरोले यसअघि सार्वजनिक गरेको धमिलो तस्बिरमा पानीमा आंशिक रूपमा डुबेको एउटा गाडीलाई घेरेको र धेरैले त्यसलाई पानीबाट बाहिर निकाल्न प्रयास गरिरहेको देखिएको थियो । ब्युरोले सार्वजनिक गरेका अन्य तस्बिरमा मृतकहरूलाई भुइँमा निलो त्रिपालले छोपिएका देखिन्छ । अफ्रिकाको दोस्रो ठुलो जनसङ्ख्या भएको इथियोपियामा सडकको दूरावस्था, पूराना सवारी साधन र चालकले गर्ने ट्राफिक नियम उल्लङ्घनका कारण हरेक बर्ष सयौँ नागरिकले अकालमा ज्यान गुमाउने गर्छन् । रासस/एएफपी

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...