चेल्सीलाई इपस्विच टाउनको झट्का

Published on

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली चेल्सीलाई इपस्विच टाउनको नमिठो झट्का लागेको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी इपस्विच टाउनसँग उसैको मैदानमा २–० गोलले पराजित भयो । इपस्विचको जितमा लिआम डेलापल १२औँ र ओमारी हटचिन्सनले ५३औँ मिनेटमा गोल गर्नुभयो । चेल्सीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न सकेन । हारसँगै चेल्सीले शीर्षटोली लिभरपुलसँग अङ्क दूरी घटाउने मौका गुमाउनुका साथै दोस्रो स्थानमा ओगट्ने अवसरबाट पनि वञ्चित रह्यो । १९ खेलबाट ३४ अङ्क बनाएको चेल्सी चौथो स्थानमा छ ।

शीर्षस्थानमा रहेको लिभरपुलको ४५ अङ्क छ । चेल्सीलाई हराएको इपस्विच १५ अङ्कसहित १८औँ स्थानमा छ । इपस्विच रेलिगेसनको डरबाट मुक्त हुन सकेको छैन । सोमबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड न्युक्यासल युनाइटेडसँग २–० गोलले पराजित भयो । युनाइटेडलाई उसैको मैदानमा हराउन न्युक्यासलका अलेकजेन्डर इसाकले चौथो र जोलिन्टनले १९औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै ३२ अङ्क बनाएको न्युक्यासल पाँचौँ स्थानमा उक्लिएको छ । पराजित युनाइटेड २२ अङ्कसहित १४औँ स्थानमा छ । युनाइटेड अझै रेलिगेसनको डरबाट मुक्त हुन सकेको छैन । एजेन्सी

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...