गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु

Published on

काठमाडौँ । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त हमास प्रहरी बलका प्रमुख पनि रहेका छन् । “दक्षिणी गाजा पट्टीको खान युनुस सहरको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा विस्थापित मानिसहरूको निवासमा कब्जाकारी विमानले बम प्रहार गर्दा तीन बालबालिका र दुई महिलासहित ११ जनाको मृत्यु भएको छ र १५ जना घाइते भएका छन्”, गाजाको नागरिक सुरक्षा एजेन्सीले विज्ञप्तिमा भन्यो ।

मारिनेहरूमा प्रहरी प्रमुख महमुद सलाह र उहाँका सहायक हुसाम शाहवान रहेको एजेन्सीका प्रवक्ता महमुद बासलले जानकारी दिनुभयो । इजरायली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार हमासले इजरायलमा रकेट आक्रमण जारी राखेमा गाजामा आक्रमण तीव्र पार्ने धम्की दिनुभएको थियो । हालैका दिनमा गाजाबाट नवीकृत रकेट आक्रमणले इजरायलमा थोरै क्षति पुर्‍याएको छ र युद्धको सुरुआती चरणको तुलनामा धेरै कम सङ्ख्यामा रकेट प्रहार गरिएको छ तर यो करिब १५ महिनाको लडाइँपछि इजरायली सरकारका लागि राजनीतिक झट्का हो । काट्जले गाजामा अझै बन्धक बनाइएकाहरूको रिहाइको पनि माग गर्नुभयो । रासस/एएफपी

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...