अस्ट्रेलियामा ज्याला चोरी गर्नेलाई १० वर्षसम्म जेल सजाय

Published on

काठमाडौँ । अस्ट्रेलियाको नयाँ कानुनले बुधबारदेखि लागू हुनेगरी ज्याला चोरीलाई अपराध मानेको छ । जसमा व्यवसायमा बेइमान गर्नेहरूलाई १० वर्षसम्म कैद र भारी जरिवाना गराइनेछ । अस्ट्रेलियाका केही ठुला कम्पनीहरू वुलवर्थ, क्वान्टास र ७–इलेभेन जस्ता कम भुक्तानी घोटालामा संलग्न छन् । यद्यपि कम्पनी निर्देशकहरू हाल सिभिल कानुनअनुसार मात्र अनुसन्धान गर्न सकिन्छ । फेयर वर्क लेजिस्लेसन एमेन्डमेन्ट (क्लोजिङ लुफोल्स) ऐन २०२३ अन्तर्गत, सरकारी एजेन्सी फेयर वर्क ओम्बड्सम्यानले बेइमान रोजगारदातालाई १० वर्षसम्मको जेल सजाय र करिब ७.८३ मिलियन अस्ट्रेलियन डलर ९४.८७० सम्मको जरिवानासहितको नयाँ उपकरण प्रयोग गर्नसक्छ । नयाँ अपराध रोजगारदाताहरूलाई लागू हुनेछ । इमानदार गल्ती वा गलत हिसाबले ज्याला चोरी कसुरमा समातिने छैन । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...