अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० क्रिकेट प्रतियोगिता हुने

Published on

काठमाडौँ । नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिले यही माघ ७ गतेदेखि अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । यस प्रतियोगिताको मूल नारा ‘विश्वव्यापी उष्णता र जलवायु परिवर्तन’ न्यूनीकरण गर्न साझा सङ्कल्प छ भने युवा विद्यार्थी माझ लागू औषध दुर्व्यसनीविरुद्ध सचेतना फैलाउनु पनि यसको उद्देश्य हो । सङ्घका अध्यक्ष डोजाङ शेर्पाले पत्रकार सम्मेलनको आयोजना गर्दै भन्नुभयो, ‘‘प्रतियोगिताको पुरस्कार राशि ३० लाख रुपियाँ छ भने विजेता टिमलाई सगरमाथा क्षेत्रमा अवस्थित प्रसिद्ध एभेरेस्ट भ्यू होटलमा विश्वव्यापी ऊष्णता र जलवायु परिवर्तनसम्बन्धी संगोष्ठीमा सहभागी हुने विशेष अवसर प्रदान गरिने छ ।’’

यस कार्यक्रमको संयोजकको जिम्मेवारीमा सङ्घका केन्द्रीय सदस्य गणेश थापा रहनुभएको छ भने सहसंयोजकहरू थापाथली इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति पुष्करविक्रम शाही र अनुपराज पाण्डे हुनुहुन्छ । प्रतियोगिताको ब्रान्ड एम्बेसडरका विश्व कीर्तिमानी कान्छा पर्वत आरोही १८ वर्षीय निमा रिन्जी शेर्पा चयन गरिएको जानकारी पनि अध्यक्ष शेर्पाले दिनुभयो । यस प्रतियोगितामा नेपालका चार विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्याल, मध्यपश्चिम विश्वविद्यालय) सहभागी हुनेछन् । साथै छिमेकी राष्ट्रहरू बङ्गलादेशबाट एक (ढाका विश्वविद्यालय) र भारतबाट तीन (बाबासाहेब भीमराव अंबेडकर विहार विश्वविद्यालय, लखनउ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय) गरी कुल आठ विश्वविद्यालय सहभागी हुनेछन् ।

अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय ‘जय नेपाल कप’ टि २० क्रिकेट प्रतियोगितामा सहभागी विश्वविद्यालयको प्रतिनिधित्व गर्ने टिमहरूलाई दुई समूहमा विभाजन गरिने छ। यो प्रतियोगिता ९ दिनसम्म चल्नेछ । यस प्रतियोगितामा सहभागी टिमले उक्त प्रतियोगिताको ढाँचा अनुसार खेल्नुपर्नेछ । प्रतियोगिता त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा हुनेछ भने सङ्घका केन्द्रीय सदस्य दीपकराज जोशी संयोजकत्वमा विश्वविद्यालय परिसरमा ‘विश्वव्यापी उष्णता, लागू औषध दुर्व्यसनी नियन्त्रण, पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तन’ शीर्षकमा महाकवि साहित्य उत्सव आयोजना गरिएको छ ।

यस प्रतियोगिताका माध्यमबाट विश्वव्यापी उष्णतार जलवायु परिवर्तन न्यूनीकरणका विषयमा सचेतनामूलक रचनात्मक कार्यक्रम संयोजन गर्ने जिम्मेवारी सङ्घका केन्द्रीय सदस्य रुपेश पौडेललाई दिइएको छ । ‘एक रन एक वृक्ष’ को नीति अवलम्बन गर्दै प्रतियोगिताको कुल रन सङ्ख्या बराबरको वृक्षरोपण कार्यक्रम गरिने जानकारी पनि अध्यक्ष शेर्पाले दिनुभयो । प्रतियोगिता अवलोकनका लागि प्रतियोगिता स्थलका प्रवेशद्वार टिकटको मूल्य रु. १०० र रु. ५०० निर्धारण गरिएको छ भने विद्यार्थीको हकमा रु. ५० निर्धारण गरिएको छ । प्रतियोगिताको टिकटबाट सङ्कलन हुने रकम जाजरकोट जिल्लामा भूकम्पबाट क्षति पुगेको विद्यालय पुनः निर्माणका लागि सहयोग गरिनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...