क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

Published on

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि नियन्त्रकहरूले डढेलोहरूसँग लड्न जारी राखेका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवाले लस एन्जलस क्षेत्रमा लागेको भीषण डढेलोले कम्तिमा २५ जनाको मृत्यु भएको बताएको छ । १२ हजार तीन सयभन्दा बढी संरचनाहरू नष्ट गरेको छ ।

स्थानीय अधिकारीहरूले डढेलोसँग सम्बन्धित कम्तीमा २६ जना अझै पनि बेपत्ता छन् । क्यालिफोर्नियाको वन तथा अग्नि सुरक्षा विभाग (क्याल फायर) का अनुसार बुधबार बिहानसम्म दुई प्रमुख जङ्गली आगो, इटन र प्यालिसेड्स क्रमशः ४५ प्रतिशत र १९ प्रतिशत मात्र नियन्त्रणमा आएका थिए । गत हप्ता मङ्गलबार साँझ लागेको घातक इटन आगलागीले अल्टाडेना र पासाडेना नजिकै १४ हजार ११७ एकड (५७.१ वर्ग किलोमिटर) जमिन जलाएको छ । लस एन्जलस क्षेत्रको सबैभन्दा ठुलो सक्रिय जङ्गली आगो, प्यालिसेड्स आगलागीले एक हप्तामा २३ हजार ७१३ एकड (९५.९६ वर्ग किलोमिटर) जलाइसकेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...