पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

Published on

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भन्नुभयो, “अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खानदोषी ठहरिएका छन् ।” खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।

भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ । खान सन् २०२३ को अगष्टदेखि जेलमा हुनुहुन्छ र उहाँमाथि करिब दुई सय वटा मुद्दा लगाइएका छन् । ती मुद्दा उहाँलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गर्नुभएको छ । उहाँकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा हुनुभएको थियो भने उहाँलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ । शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उहाँ खानलाई राखिएको जेलमा उपस्थित हुनुभएको थियो । रासस/एएफपी

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...