रुस र इरानबिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर

Published on

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेश्कियानले मस्कोमा द्विपक्षीय वार्तापछि नयाँ व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । क्रेमलिन वेबसाइटमा प्रकाशित दस्तावेज अनुसार दुई देशले व्यापार, लगानी, रक्षा, सुरक्षा, अन्तरिक्ष, ऊर्जा र आतङ्कवाद विरोधी लगायतका अन्य क्षेत्रहरूमा सहयोगलाई सुदृढ पार्न सहमत भएका छन्। सम्झौतामा दुवै देशले एकअर्का विरुद्ध तेस्रो–पक्ष प्रतिबन्धहरू अस्विकार गर्ने र एकपक्षीय जबरजस्ती उपायहरूको प्रयोगलाई रोक्ने कुरा पनि उल्लेख छ ।

पुटिनले नयाँ सन्धिले महत्वाकांक्षी लक्ष्यहरूको रूपरेखा प्रश्तुत गरेको र राजनीति, सुरक्षा, व्यापार, लगानी र मानवीय मामिला जस्ता क्षेत्रमा दीर्घकालीन सहयोगलाई गहिरो बनाउनको लागि रूपरेखा सिर्जना गरेको बताउनुभयो । इरानी नेताले नयाँ सम्झौताले रूस र इरानबीचको सम्बन्धमा नयाँ अध्यायको शुरुवात गर्ने र द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई बढावा दिने बताउनुभयो । सिन्ह्वा

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...