रुस र इरानबिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर

Published on

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेश्कियानले मस्कोमा द्विपक्षीय वार्तापछि नयाँ व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । क्रेमलिन वेबसाइटमा प्रकाशित दस्तावेज अनुसार दुई देशले व्यापार, लगानी, रक्षा, सुरक्षा, अन्तरिक्ष, ऊर्जा र आतङ्कवाद विरोधी लगायतका अन्य क्षेत्रहरूमा सहयोगलाई सुदृढ पार्न सहमत भएका छन्। सम्झौतामा दुवै देशले एकअर्का विरुद्ध तेस्रो–पक्ष प्रतिबन्धहरू अस्विकार गर्ने र एकपक्षीय जबरजस्ती उपायहरूको प्रयोगलाई रोक्ने कुरा पनि उल्लेख छ ।

पुटिनले नयाँ सन्धिले महत्वाकांक्षी लक्ष्यहरूको रूपरेखा प्रश्तुत गरेको र राजनीति, सुरक्षा, व्यापार, लगानी र मानवीय मामिला जस्ता क्षेत्रमा दीर्घकालीन सहयोगलाई गहिरो बनाउनको लागि रूपरेखा सिर्जना गरेको बताउनुभयो । इरानी नेताले नयाँ सम्झौताले रूस र इरानबीचको सम्बन्धमा नयाँ अध्यायको शुरुवात गर्ने र द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई बढावा दिने बताउनुभयो । सिन्ह्वा

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...