झाँक्रीस्थानमा चिच्याएर वर माग्ने परम्परा

Published on

काठमाडौँ । प्युठानको झाँक्रीस्थान मन्दिरमा सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ । प्युठानको मल्लरानी गाउँपालिका–४ स्थित झाँक्रीस्थान मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले सधैँ चिच्याएर वर माग्ने गर्दछन् । झाँक्रीस्थान देउताले कानले सुन्दैनन् भन्ने जनविश्वास छ । त्यसैले यहाँ पुस्तौंदेखि चिच्चाएर वर माग्ने गरिएको हो । मन्दिरमा परम्परादेखि नै पूजाआजा गर्दै आएको पाइन्छ । त्यहाँ ठुलो स्वरले चिच्याएर वर माग्दा मनले चिताएको पूरा हुने जनविश्वास छ । मल्लरानी –४ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार यसरी चिच्चाएर वर माग्ने प्युठानमै यही एउटा मात्रै धार्मिकस्थल हो । उहाँले भन्नुभयो, ‘‘यहाँ जुनसुकै बेला पनि चिच्चाएर वर माग्ने गरिन्छ, कुनै मेला पर्व कुर्नुपर्दैन ।’’

पछिल्लो समय यस ठाउँमा दर्शनार्थीहरु समेत वढेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दसैंको सप्तमी र नवमीमा दर्शनार्थीको बढी भिड लाग्छ । खास गरी मङ्गलबार र शनिबार यो ठाउँमा दर्शनार्थीहरु यहाँ पुग्ने गर्दछन् । उहाँका अनुसार बोका, परेवा, कुखुरा, राँगो, हाँस लैजाने र पञ्चबलिको बलि दिने गरिन्छ । मुख्य गरी झाँक्रीस्थानमा चामलको पिठोबाट बनाइएको बाक्लो रोटी चढाइन्छ । झाँक्रीस्थान देउताले चिच्याएर मागेको वर पुर्‍याइदिने भएकाले नै आफू आएको नौबहिनीबाट आएका मनवीर घर्तीले बताउनुभयो ।

झाँक्रीस्थानमा प्युठानसहित रोल्पा, अर्घाखाँचीलगायतका जिल्लाबाट समेत दर्शनार्थीहरु आउने गरेको छन् । सदरमुकामदेखि करिब ३ किलोमिटरको दूरीमा रहेको झाँक्रीस्थानमा खानेपानी, शौचालय, प्रतीक्षालय निर्माण गरिएको छ । अहिले एक करोड ५० लाख रुपियाँ बजेटबाट भित्रिकोट–बिजुवार–थापडाँडा हुँदै झाँक्रीस्थान जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...