यु–१९ महिला विश्वकप : नेपालको दोस्रो हार

Published on

काठमाडौँ । नेपालले मलेसियाका जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा दोस्रो हार खेपेको छ । समूह ‘डी’ अन्तर्गत मलेसियाको युकेएम ओभल मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग एक विकेटले पराजित भयो । जितको सँघारमा पुगेको नेपाल अन्तिममा सम्हालिन सकेन । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो हारसँगै नेपालको अगाडिको यात्रा कमजोर बनेको छ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ । जितका लागि नेपालले दिएको ७४ रनको लक्ष्य १८.४ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो ।

स्कटल्यान्ड लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन बनाउनुभयो । ग्रवियल फन्टेलाले अविजित १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालका रचना चौधरी र सिमाना केसीले दुई तथा पुजा महतो र कृष्मा गुरुङले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८।५ ओभरमा सबै विकेटको क्षतिमा ७३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाउनुभयो । यस्तै सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालको ब्याटिङ कमजोर बनाउन बलिङमा स्कटल्यान्डकी मैसि म्याकिरा एक्लैले पाँच विकेट लिनुभयो । अमि बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिनुभयो ।

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...