गाजा युद्धविराम : तीन इजरायली बन्धकको परिवारसँग पुनर्मिलन

Published on

काठमाडौँ । आइतबारदेखि लागू भएको युद्धविराम सम्झौताअन्तर्गत गाजा पट्टीबाट रिहा गरिएका पहिलो तीन इजरायली बन्धक इजरायल फर्किएका छन् । उनीहरुले आफ्ना परिवारसँग पुनर्मिलन गरेका छन् । यसैबिच गाजावासीहरू १५ महिनाभन्दा बढीको घातक इजरायली हमलाको अन्त्यको खुशीयालीमा छन् । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविरामले ४६ हजार नौ सयभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिने इजरायली आक्रमणको अन्त्य भएको छ । घातक लडाइँले गाजाको धेरैजसो भागलाई पनि ध्वस्त पारेको छ ।

गाजापट्टीमा व्यापक भोकमरी र रोगहरू निम्त्याएको छ । रिहा गरिएका तीन महिलामा २८ वर्षीया ब्रिटिश–इजरायली एमिली दमारी र ३० वर्षीया रोमानियाली–इजरायली पशु चिकित्सा नर्स डोरोन स्टेनब्रेचर छन् । जसलाई उत्तरी गाजा बाहिर किबुट्ज कफर अजाबाट अपहरण गरिएको थियो । २३ वर्षीया रोमी गोनेन, जसलाई नोभा सङ्गीत महोत्सवबाट लगिएको थियो । गाजामा अझै पनि रहेका ९८ बन्धकहरूमध्ये आधा जीवित छन् । यद्यपि हमासले पुष्टि गरेको छैन । सिन्ह्वारन्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...