इप्सवीच टाउनमाथि लिभरपुलको सहज जित

Published on

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको लिभरपुलले इप्सवीच टाउनमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले इप्सवीच टाउनलाई ४–१ गोलले हरायो । पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा अर्को गोल थपेको थियो । लिभरपुलको जितमा काड्यो गोक्पोले ४४ औँ र ६६ औँ मिनेटमा दुई गोल गर्नुभयो । डोमिनिक स्जोबोस्ले ११ औँ र मोहमद ३५ औँ मिनेटमा गोल गर्नुभयो ।

पाहुना टोली इप्सवीचका लागि ज्याकोव ग्रेसले ९० औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । जितसँगै २२ खेलबाट ५३ अङ्क बनाएको लिभरपुल शीर्षस्थानमा यथावत छ । पराजित इप्सवीच १६ अङ्कसहित १८ औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको आर्सनललको २३ खेलबाट ४७ अङ्क छ । शनिबार राति नै भएको खेलमा आर्सनलले वल्भ्सलाई उसैको मैदानमा १–० गोलले हराएको थियो । यस्तै शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बलियो प्रतिद्वन्द्वी चेल्सीलाई ३–१ गोलले स्तब्ध बनायो । घरेलु मैदानमा सिटीलाई जिताउन जोस्को ग्वार्डियोल, एर्लिङ हालान्ड र फिल फोडेनले गोल गर्नुभयो । चेल्सीका नोनी माडुकेले सान्त्वना गोल फर्काउनुभयो । एजेन्सी

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...