भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै

Published on

काठमाडौँ । भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात हुने भएको छ । मुलुकमा माग अनुसार गहुँको उत्पादन हुन नसकेपछि भारतबाट आयात गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारसँग दुई लाख मेट्रिक टन गहुँको माग गरेकोमा भारतले नेपाललाई ९० हजार मेट्रिक टन उपलब्ध गराउने सहमति जनाएको थियो । सोही अनुसार गहुँ आयातका लागि आवेदन माग गरिएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट समेत गहुँ आयात हुने गरेकामा केही वर्षदेखि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको आयात हुन सकेको थिएन । मैदा उद्योग सङ्घका अध्यक्ष कुमुद दुगडले गहुँ अभावले गर्दा मैदा मिल पूर्ण रूपमा सञ्चालन हुन नसकेका छैनन् । भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात भएपछि भने केही सहज हुने अनुमान गरिएको छ ।

मुलुकभर ३८ वटा मैदा मिल छन् । ती मिल सञ्चालनको लागि वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने गरेकोमा आवश्यक पर्ने कच्चा पदार्थ पर्याप्त मात्रामा नहुँदा नियमित रूपमा मिल सञ्चालन हुन नसकेको अध्यक्ष दुगडले बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा छ लाख ९७ हजार ७६२ हेक्टर क्षेत्रफलमा २० लाख ९८ हजार ४६२ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यस्तै आव २०७८/७९ मा सात लाख १६ हजार ९७८ हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना निकालेर भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्न इच्छुक फर्म र कम्पनीका लागि आवेदन माग गरेको छ । भारत सरकारबाट नेपालका फर्मरकम्पनीका लागि छुट्याएको ९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवदेन माग गरिएको हो । गहुँ आयातका लागि इच्छुक फर्म वा कम्पनीले न्यूनतम एक सय मेट्रिक टनदेखि १० हजार मेट्रिक टन गहुँको परिणाम खुलाई सात दिनभित्र विभागमा आवेदन दिइसक्नुपर्ने छ । गहुँ आयातका लागि इच्छुक फर्म वा कम्पनीको चुक्तापुँजी एक करोड रुपियाँ हुनुपर्ने छ । आयातका लागि नेसनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेडलाई शतप्रतिशत अग्रिम भुक्तानी हुँदा वित्तीय स्रोतको सुनिश्चिता हुनुपर्ने विभागले सर्त राखेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...