अमेरिकाका लागि ‘आइरन डोम’ मिसाइल सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश

Published on

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकाका लागि इजरायलले हजारौँ रकेट रोक्न प्रयोग गरेको जस्तै ‘आइरन डोम’ वायु सुरक्षा प्रणालीको योजना सुरु गर्न कार्यकारी आदेश जारी गर्नुभएको छ । ट्रम्पले रक्षा मन्त्रीलाई ६० दिनभित्र ब्यालिस्टिक, हाइपरसोनिक र उन्नत क्रुज क्षेप्यास्त्रहरूबाट सुरक्षा गर्न डिजाइन गरिएको ‘अर्को–पुस्ताको क्षेप्यास्त्र सुरक्षा कवच (नेक्स्ट–जेनेरेसन मिसाइल डिफेन्स शिल्ड)’ को कार्यान्वयन योजना पेस गर्न आदेश दिनुभएको छ । यसमा अन्तरिक्ष–आधारित अवरोधकहरूको विकास पनि समावेश छ ।

सन् २०२४ को चुनावी अभियानमा ट्रम्पले बारम्बार अमेरिकाका लागि इजरायलको आइरन डोम प्रणालीको संस्करण निर्माण गर्ने वाचा गर्नुभएको थियो । तथापि उहाँले यो प्रणाली छोटो दूरीका खतराहरूका लागि डिजाइन गरिएको तथ्यलाई बेवास्ता गर्नुभयो । यसले यसलाई संयुक्त राज्य अमेरिकाका लागि मुख्य खतरा रहेको महादेशीय क्षेप्यास्त्रहरू विरुद्ध रक्षा गर्न अनुपयुक्त बनाउँछ । “विगत ४० वर्षमा कम हुनुको सट्टा अर्को पुस्ताको रणनीतिक हतियारहरूबाट खतरा अझ तीव्र र जटिल भएको छ”, सोमबारको कार्यकारी आदेशले अज्ञात विरोधीहरूको मिसाइल प्रक्षेपण क्षमताको विकासलाई उद्धृत गर्दै भन्यो ।

ट्रम्पले यसअघि मायामीमा रिपब्लिकन कांग्रेसको रिट्रिटमा यो प्रणाली संयुक्त राज्य अमेरिकामा निर्माण गरिने बताउनुभएको थियो । इजरायलले अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धमा गाजाको हमास र लेबनानको हिजबुल्लाले प्रहार गरेका रकेटहरू खसाल्न आफ्नो ‘आइरन डोम’ प्रणाली प्रयोग गरेको छ । “उनीहरूले लगभग हरेक रकेटलाई खसाल्छन्”, ट्रम्पले मायामी बैठकमा भन्नुभयो, “त्यसैले मलाई लाग्छ संयुक्त राज्य अमेरिका पनि यसको हकदार छ ।” उहाँले सोमबार अमेरिकी सेनासँग सम्बन्धित अन्य केही आदेशहरूमा पनि हस्ताक्षर गर्नुभयो । यसमा ट्रान्सजेन्डर व्यक्तिहरूलाई सशस्त्र बलमा प्रतिबन्ध लगाउने मार्ग तय गर्ने एउटा आदेश पनि समावेश छ । रासस/एएफपी

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...