ओखलढुङ्गा सुमो दुर्घटना : तीन जनाको मृत्यु

Published on

काठमाडौँ । खोटाङबाट बिरामी बोकेर काठमाडौं जादै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । खोटाङबाट काठमाडौँ का लागि छुटेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घना भएको भएको हो । सुमोमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थमा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया माया देवी गुरुङ, उहाँको छोरा २८ वर्षीय पुजन गुरुङ र माया देवीको बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–का ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ ।

बिरामी माया देवी गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर गएको बुझिएको छ । सुमोमा चालकसहित चार जना सवार थिए । तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सुनसरीको इनरुवा निवासी २२ वर्षीय अनिल पण्डित फरार रहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुमो राति नै दुर्घटना भएको आँकलन गरिएको छ । बुधबार राति करिब ११ बजेको समयमा च्यास्मिटार प्रहरी बिटले रोक्न अनुरोध गर्दा पनि नरोकी सुमो तीव्र गतिमा गएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...