३० हजार आप्रवासीलाई हिरासतमा राख्न ट्रम्पको आदेश

Published on

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीलाई हिरासतमा लिन निर्देशन दिनुभएको छ । रक्षा र गृह सुरक्षा विभागहरूलाई ग्वान्टानामो खाडीमा ३० हजार व्यक्तिको आप्रवासी सुविधा तयार गर्न निर्देशन दिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेको उहाँले बताउनुभयो । अमेरिकी जनतालाई धम्की दिने सबैभन्दा खराब अपराधी गैरकानुनी आप्रवासीहरूलाई हिरासतमा राख्न ग्वान्टानामोमा ३० हजार शय्याहरू रहेको बताउनुभयो ।

ट्रम्पले ह्वाइट हाउसमा लेकन रिले ऐनमा हस्ताक्षर गर्नुअघि यो टिप्पणी गर्नुभएको हो । केही अपराधको आरोप लागेका कागजात नभएका आप्रवासीहरूलाई हिरासतमा राख्ने व्यवस्था गर्ने लेकन रिले ऐनलाई यस महिनाको सुरुमा कांग्रेसले अनुमोदन गरेको थियो । यो नयाँ प्रशासनको पहिलो प्रमुख कानुन हो । आफ्नो अभियानको क्रममा ट्रम्पले पदभार ग्रहण गरेपछि अवैध आप्रवासीहरूको ठुलो मात्रामा देश निकाला गर्ने घोषणा गर्नुभएको थियो । अध्यागमन र भन्सार प्रवर्तनले लगभग एक हजारलाई गिरफ्तारी गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...