सिड्नीमा नेपाल झल्किने तस्बिर प्रदर्शनी

Published on

काठमाडौँ । अस्ट्रेलियाका सिड्नीमा भरतबन्धु थापाका नेपाल झल्किने तस्बिर प्रदर्शनी गरिएको छ । अस्ट्रेलिया नेपाल न्यूजको ११ औं वार्षिक उत्सवका अवसरमा मनघरी फाउण्डेशनले सातै प्रदेश समेटिने गरी नेपाल झल्किने तस्बिर प्रदर्शनी गरेको हो । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा २२ वटा तस्बिर राखिएका थिए ।

प्रदर्शनी अवलोकन गर्नुहुँदै राजदूत यादवले विदेशमा रहेका सबैले नेपालको प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । राजदूत यादवले विदेशमा रहेका नेपालीहरूले समय मिलाएर पटक–पटक सपरिवार नेपाल घुम्नुपर्नेमा पनि जोड दिनुभयो । नेपालको विकासमा लागि पर्यटन प्रवर्द्धनमा जोड दिन यस्तो तस्बिर प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । एन एस डब्लुका वाणिज्यदूत सन्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफरप्रति आभार व्यक्त गर्नुभयो । उहाँले मेरो कार्यकालमा नेपालको पर्यटन प्रवर्द्धनमा विशेष जोड दिने बताउनुभयो । राजदूत र वाणिज्यदूतलाई भरतबन्धु थापाले नेपाल झल्किने किताबसमेत प्रदान गर्नुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...