इजरायलद्वारा १८३ प्यालेस्टिनी कैदी रिहा

Published on

काठमाडौँ । हमाससँग जारी युद्धविराम सम्झौताअन्तर्गत चौथो बन्धक आदानप्रदानमा इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ । प्यालेस्टिनी स्रोतका अनुसार प्यालेस्टिनी कैदी क्लबका प्रमुख अब्दुल्लाह जाघारीले इजरायली अधिकारीले रिहा गरिएका कैदीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन् । मुक्त गरिएका कैदीहरूमध्ये १५० गाजापट्टीका, ३२ वेस्ट बैंकका र बाँकी एक, जसको इजिप्टको नागरिकता छ । पश्चिम बैंकका कैदीहरूलाई रामल्लाह नजिकैको ओफर जेलबाट रिहा गरिएको थियो । जबकि दक्षिणी इजरायलको केट्जियोट जेलबाट रिहा गरिएका गाजाका कैदीहरूलाई इजरायली–नियन्त्रित केरेम शालोम क्रसिङ हुँदै दक्षिणी गाजामा लगिनेछ । प्यालेस्टिनी मुक्ति सङ्गठनको कैदी मामिला आयोगले रिहा गरिएका १८३ मध्ये सात कैदीलाई देशनिकाला गरिनेछ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...