काठमाडौँ । पुतली बजार नगरपालिकाले आईसीसी यू–१९ विश्वकपमा सहभागी महिला क्रिकेट खेलाडीहरु सम्मान गरेको छ । पुतलीबजार नगरपालिकाले कार्यक्रमको आयोजना गरेर खेलाडीलाई सम्मान गरेको हो । खेलकुदमा राष्ट्रको, जिल्लाको सङ्गै पालिकाको इतिहास रच्दै विश्वकप खेलेका पुतलीबजार–१ का ज्योत्सनिका मरासिनी, पुतलीबजार–१३ का सिमाना केसी र कुसुम गोदारलाई प्रोत्साहन स्वरुप जनही ३३,३३३ रुपियाँ सहित सम्मान पत्र र लोसल्ला ओडाएर सम्मान गरिएको हो । जिल्ला र पालिकाको गहना भएकाले तीनैजना महिला क्रिकेट खेलाडीलाई सम्मान गरेको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । गत जनवरी १८ देखि २ फेब्रुअरीसम्म मलेसियामा भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पुतलीबजारका तीनजना खेलाडीहरु सहभागी रहेका थिए ।