विश्वकपमा सहभागी महिला क्रिकेट खेलाडी सम्मानित

Published on

काठमाडौँ । पुतली बजार नगरपालिकाले आईसीसी यू–१९ विश्वकपमा सहभागी महिला क्रिकेट खेलाडीहरु सम्मान गरेको छ । पुतलीबजार नगरपालिकाले कार्यक्रमको आयोजना गरेर खेलाडीलाई सम्मान गरेको हो । खेलकुदमा राष्ट्रको, जिल्लाको सङ्गै पालिकाको इतिहास रच्दै विश्वकप खेलेका पुतलीबजार–१ का ज्योत्सनिका मरासिनी, पुतलीबजार–१३ का सिमाना केसी र कुसुम गोदारलाई प्रोत्साहन स्वरुप जनही ३३,३३३ रुपियाँ सहित सम्मान पत्र र लोसल्ला ओडाएर सम्मान गरिएको हो । जिल्ला र पालिकाको गहना भएकाले तीनैजना महिला क्रिकेट खेलाडीलाई सम्मान गरेको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । गत जनवरी १८ देखि २ फेब्रुअरीसम्म मलेसियामा भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पुतलीबजारका तीनजना खेलाडीहरु सहभागी रहेका थिए ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...