दिल्ली विधानसभा निर्वाचन : भाजपा प्रारम्भिक नतिजामा अग्रस्थानमा

Published on

काठमाडौँ । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उहाँको प्रमुख प्रतिद्वन्द्वीलाई हराउन प्रयासरत छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उहाँको आम आदमी पार्टी (आप) को शासन रहेको छ । निर्वाचन आयोगको प्रारम्भिक प्रवृत्तिका अनुसार भारतीय जनता पार्टीले दिल्ली विधानसभा चुनावको नतिजामा बहुमतको सिट पार गरेको छ । भाजपा अहिले ३८ सिटमा अगाडि छ भने आप २७ सिटमा अगाडि छ ।

राष्ट्रिय राजधानीमा सरकार गठनका लागि बहुमतको सिट ३६ रहेको छ । आप प्रमुख अरविन्द केजरीवाल नयाँ दिल्ली सिटबाट २५४ मत अन्तरले अगाडि हुनुहुन्छ । ग्रेटर कैलाश सिटमा आम आदमी पार्टीका उम्मेदवार तथा दिल्लीका मन्त्री सौरभ भारद्वाज भाजपाकी शिखा रोयभन्दा ४५९ मतले पछि हुनुहुन्छ । दिल्लीका मुख्यमन्त्री आतिशी कालकाजी सिटमा भाजपाका रमेश बिधुरीलाई एक हजार १४९ मतले पछि पार्दै हुनुहुन्छ । आम आदमी पार्टीका अमानतुल्लाह खानको गढ मानिने ओखला सिटमा पनि भाजपा दुई हजार २६० मतको अन्तरले अगाडि छ । दिल्लीका मन्त्री गोपाल राई बाबरपुर सिटबाट पाँच हजार ६०२ मतले अगाडि हुनुहुन्छ भने बल्लीमारन सिटबाट इमरान हुसैन एक हजार ८२४ मतले अगाडि छन् । कुर बस्ती सिटबाट सत्येन्द्र जैन भाजपाका कर्नैल सिंहसँग दुई हजार ९५६ मतले पछि हुनुहुन्छ । भर्खरै बिजेपीमा सामेल भएका पूर्व आप नेता कैलाश गहलोतले बिजवासन सीटमा दुई हजार २१७ को सहज अग्रता हासिल गर्नुभयो ।

दिल्लीसँगै उत्तर प्रदेशको मिल्कीपुर र तमिलनाडुको इरोड सिटको उपचुनावको मतगणना पनि भइरहेको छ । सत्तरी सदस्यीय विधानसभाका लागि फेब्रुअरी ५ गते भएको निर्वाचनमा कुल ६० दशमलव ५४ प्रतिशत मतदान भएको थियो । आम आदमी पार्टीले लगातार तेस्रो कार्यकालका लागि जीतने लक्ष्य राखेको छ, जबकि बिजेपीले राष्ट्रिय राजधानीमा दुई दशक भन्दा बढी पछि सत्तामा फर्कने प्रयास गरिरहेको छ । बुधबार सार्वजनिक भएका अधिकांश एक्जिट पोलमा भाजपालाई आपभन्दा अगाडि देखाएको थियो । यद्यपि, आप नेताहरूले एक्जिट पोलले ऐतिहासिक रूपमा पार्टीको प्रदर्शनलाई कम मूल्याङ्कन गरेको बताउनुभयो । केजरीवालले यदि भाजपा सत्तामा आयो भने निःशुल्क शिक्षा बन्द गर्ने दाबी गर्नुभयो । रासस/एएनआई

spot_img

ताजा समाचार

‘पार्टी विधानले महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र दिएको छ’

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानले कुनै...

चीन-अल्जेरिया अन्तरिक्ष सहकार्यः नयाँ उपग्रह प्रक्षेपण

काठमाडौं । चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘अल्जेरियाको भू-संवेदन उपग्रह’ सफलतापूर्वक...

दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज...