देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा

Published on

काठमाडौँ । तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन् । सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन् । पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ । विसं २०३७ मा सो पुल निर्माण भएको थियो । अब पुल यात्रु धान्न नसक्ने अवस्थामा जीर्ण बनेको स्थानीय शिवराज पौडेलले बताउनुभयो । एकै पटकमा सयौँले पुल तर्दा पिङझैँ हल्लने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब यो पुलको विकल्प खोज्नुपर्ने बेला आएको छ ।”

देवघाट जान हाल उक्त झोलुङ्गे पुलबाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा पक्की पुल सञ्चालनमा छ । तर देवघाट जाने अधिकांश भक्तजनले चितवनको आपँटारी हुँदै यही पुल प्रयोग गर्छन् । देवघाट गाउँपालिका–५ का अधिकांशले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको रूपमा सो पुल प्रयोग गर्दै आएका छन् । पुलबाट दैनिक सयौँ मोटरसाइकल वारपार गरिँदै आएको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त पुल मर्मतसम्भार गरेर मात्र नहुने अवस्थामा पुगेको बताउनुभयो । यहाँ पक्की पुलकै आवश्यकता देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको स्रोत साधनले सम्भव छैन । प्रदेश सरकार र सङ्घीय सरकारले पहलकदमी लिनुपर्छ ।” रासस

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...