कैलालीमा बालिकामाथि सामूहिक बलात्कार

Published on

काठमाडौँ । कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बर्दगोरिया गाउँपालिकामा डेरा गरी बस्ने बालिकामाथि दुई जनाले बलात्कार गरेका हुन् । बालिकालाई शनिबार सामूहिक बलात्कार गरेको आरोपमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार गोपालले बालिकालाई मासु पकाएर आफ्नो पसलमा ल्याउन भनेका थिए । मासु दिन गएकी बालिकालाई पसलको कोठा लगेर दुवै जनाले करणी गरेको जनाइएको छ । बिहीबारमात्रै धनगढीमा पनि एक बालिकामाथि बलात्कार भएको थियो ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...