गाजा किन्न र स्वामित्वमा राख्न प्रतिबद्ध छुः ट्रम्प

Published on

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा किन्न र स्वामित्वमा राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाले युद्धग्रस्त एन्क्लेभलाई मध्यपूर्वका अन्य राष्ट्रलाई पुनर्निर्माण गर्न दिनसक्ने बताउनुभएको हो । राष्ट्रपति ट्रम्पले नेशनल फुटबल लिग सुपर बाउल च्याम्पियनसिपमा भाग लिन लुइसियानाको न्यू अर्लिन्स जाँदै गरेको एयर फोर्स वनमा पत्रकारहरूसँग उक्त धारणा व्यक्त गर्नुभएको हो । गत हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगै ह्वाइट हाउसमा ट्रम्पले संयुक्त राज्य अमेरिकाद्वारा गाजाको दीर्घकालीन स्वामित्व प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावको व्यापक आलोचना भएको थियो । धेरै अरब राष्ट्रहरू साथै युरोपमा रहेका अमेरिकी सहयोगीहरूले यसको विरोध गरेका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...