प्यालेस्टिनीलाई सार्ने कुरा ‘अरब विश्वका लागि अस्वीकार्य’

Published on

काठमाडौँ । प्यालेस्टिलाई सार्ने कुरा ‘अरब जगतका लागि अस्वीकार्य’ हुने अरब लिगले जनाएको छ । अरब लिगका महासचिव अहमद अबुल घेइतले बुधबार गाजा पट्टी र वेस्ट बैङ्कबाट प्यालेस्टिनीलाई कुनै पनि प्रकारको विस्थापन गर्ने कुरा अरब जगत्लाई अस्वीकार्य रहेको बताउनुभएको हो । दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलनमा उहाँले भन्नुभयो, “आज गाजामा ध्यान केन्द्रित गरिएको छ र भोलि प्यालेस्टाइनलाई यसका ऐतिहासिक बासिन्दाहरूबाट खाली गराउने उद्देश्यका साथ यो वेस्ट बैंकमा सर्नेछ । उहाँले भन्नुभयो, “करिब १०० वर्षदेखि यस विचारसँग लडिरहेका यो अरब समुदायका लागि अस्वीकार्य छ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट बाहिर निकाल्ने योजनाबारे टिप्पणी गर्दै अबुल घेइतले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो, “एक शताब्दीको प्रतिरोध गरेका हामी अरब समुदायहरू अब कुनै पनि तरिकाले आत्मसमर्पण गर्ने कुराको पक्षमा लाग्ने छैनौँ । हामीले कुनै राजनीतिक, सैन्य वा सांस्कृतिक हार बेहोरेका छैनौँ भने किन यसो गर्नुपर्ने ?” रासस/एएफपी

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...