प्यालेस्टिनीलाई सार्ने कुरा ‘अरब विश्वका लागि अस्वीकार्य’

Published on

काठमाडौँ । प्यालेस्टिलाई सार्ने कुरा ‘अरब जगतका लागि अस्वीकार्य’ हुने अरब लिगले जनाएको छ । अरब लिगका महासचिव अहमद अबुल घेइतले बुधबार गाजा पट्टी र वेस्ट बैङ्कबाट प्यालेस्टिनीलाई कुनै पनि प्रकारको विस्थापन गर्ने कुरा अरब जगत्लाई अस्वीकार्य रहेको बताउनुभएको हो । दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलनमा उहाँले भन्नुभयो, “आज गाजामा ध्यान केन्द्रित गरिएको छ र भोलि प्यालेस्टाइनलाई यसका ऐतिहासिक बासिन्दाहरूबाट खाली गराउने उद्देश्यका साथ यो वेस्ट बैंकमा सर्नेछ । उहाँले भन्नुभयो, “करिब १०० वर्षदेखि यस विचारसँग लडिरहेका यो अरब समुदायका लागि अस्वीकार्य छ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट बाहिर निकाल्ने योजनाबारे टिप्पणी गर्दै अबुल घेइतले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो, “एक शताब्दीको प्रतिरोध गरेका हामी अरब समुदायहरू अब कुनै पनि तरिकाले आत्मसमर्पण गर्ने कुराको पक्षमा लाग्ने छैनौँ । हामीले कुनै राजनीतिक, सैन्य वा सांस्कृतिक हार बेहोरेका छैनौँ भने किन यसो गर्नुपर्ने ?” रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...