विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ । बुधबार गृह मन्त्रालयमा विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणाली सम्बन्धी छलफल कार्यक्रममा सम्बन्धित निकायलाई यस्तो निर्देशन दिनुभएको हो । विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना सम्प्रेषणमा नेपाल टेलिकम र एनसेलको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । तर, अब विपद् पूर्व सूचना सम्प्रेषण गर्दा म्यासेजको ठाउँमा मोबाइलमा घण्टी बज्ने व्यवस्था प्रभावकारी हुने गृहमन्त्री लेखकको भनाइ छ । ‘प्रत्येक पालिकाको वर्गीकरण गरेर विपद् पूर्व सूचना मोबाइलमा घण्टी बज्ने गरी सम्प्रेषण गर्दा प्रभावकारी हुन्छ । यसले मनसुनजन्य विपद्बाट पूर्वसूचित हुन सक्छौं,’ उहाँले भन्नुभयो ।

स्थानीय तहमा विपद् प्रभावितको उद्दारका लागि स्वयमसेवक बनाए पनि उद्दारको आधारभूत जिम्मेवारी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले निरन्तर जारी राख्नुपर्ने गृहमन्त्री लेखकले बताउनुभयो । विपद् पश्चातको सूचना प्राप्त गर्न डाउन टू एप्रोचको प्रणाली पनि बनाउनुपर्ने उहाँको भनाइ छ । वडामा निर्वाचित पाँच जना प्रतिनिधिलाई विपद् पश्चातको सूचना दिने जिम्मेवार बनाउनुपर्ने गरी एउटा संयन्त्र बनाउनुपर्ने गृहमन्त्री लेखकले बताउनुभयो । ‘अफ डाउन’को सूचना संयन्त्र बनाउन सक्दा विपद् पूर्व र पश्चातको सूचना सम्प्रेषण प्रभावकारी हुने उहाँको भनाइ छ । ‘असारबाट मनसुनजन्य जोखिम सुरु हुन्छ । त्यो बेलासम्म सूचना प्रणालीलाई राम्रो बनाउनुपर्छ । पूर्व सूचना प्राप्त नहुने खालका विपद्बारे डाउन टू एप्रोचको प्रणाली राम्रो नाउन वडामै जानुपर्छ ,’ उहाँले भन्नुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...