विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ । बुधबार गृह मन्त्रालयमा विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणाली सम्बन्धी छलफल कार्यक्रममा सम्बन्धित निकायलाई यस्तो निर्देशन दिनुभएको हो । विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना सम्प्रेषणमा नेपाल टेलिकम र एनसेलको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । तर, अब विपद् पूर्व सूचना सम्प्रेषण गर्दा म्यासेजको ठाउँमा मोबाइलमा घण्टी बज्ने व्यवस्था प्रभावकारी हुने गृहमन्त्री लेखकको भनाइ छ । ‘प्रत्येक पालिकाको वर्गीकरण गरेर विपद् पूर्व सूचना मोबाइलमा घण्टी बज्ने गरी सम्प्रेषण गर्दा प्रभावकारी हुन्छ । यसले मनसुनजन्य विपद्बाट पूर्वसूचित हुन सक्छौं,’ उहाँले भन्नुभयो ।

स्थानीय तहमा विपद् प्रभावितको उद्दारका लागि स्वयमसेवक बनाए पनि उद्दारको आधारभूत जिम्मेवारी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले निरन्तर जारी राख्नुपर्ने गृहमन्त्री लेखकले बताउनुभयो । विपद् पश्चातको सूचना प्राप्त गर्न डाउन टू एप्रोचको प्रणाली पनि बनाउनुपर्ने उहाँको भनाइ छ । वडामा निर्वाचित पाँच जना प्रतिनिधिलाई विपद् पश्चातको सूचना दिने जिम्मेवार बनाउनुपर्ने गरी एउटा संयन्त्र बनाउनुपर्ने गृहमन्त्री लेखकले बताउनुभयो । ‘अफ डाउन’को सूचना संयन्त्र बनाउन सक्दा विपद् पूर्व र पश्चातको सूचना सम्प्रेषण प्रभावकारी हुने उहाँको भनाइ छ । ‘असारबाट मनसुनजन्य जोखिम सुरु हुन्छ । त्यो बेलासम्म सूचना प्रणालीलाई राम्रो बनाउनुपर्छ । पूर्व सूचना प्राप्त नहुने खालका विपद्बारे डाउन टू एप्रोचको प्रणाली राम्रो नाउन वडामै जानुपर्छ ,’ उहाँले भन्नुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...