ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

Published on

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग व्यापार युद्धमा प्रवेश गर्ने कुनै मनसाय नरहेको ब्राजिलका सरकारी अधिकारीले बताएका छन् । सन् २०२४ मा ४० लाख ८० हजार टन स्टिल उपलब्ध गराउने ब्राजिल क्यानडापछि संयुक्त राज्य अमेरिकालाई इस्पातको दोस्रो ठुलो निर्यातक हो । करको सम्भावित प्रतिशोधको बारेमा सोधिएको प्रश्नमा संस्थागत सम्बन्ध मन्त्री अलेक्जेन्ड्रे पाडिल्हाले पत्रकारहरूलाई भन्नुभयो, “सरकारले यस विषयमा कुनै छलफल गरेको छैन, तर व्यावसायिक गतिरोधको विरोध गरेको छ ।”

“ब्राजिलले कुनै पनि व्यापार युद्धलाई प्रोत्साहित गर्दैन र प्रवेश गर्दैन,” पाडिल्हाले भन्नुभयो । यद्यपि, यो राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले गत महिना गरेको टिप्पणीको विपरीत छ । उहाँले यदि ट्रम्पले ब्राजिलमाथि कर वृद्धिको भार थोपरेमा प्रतिकार गर्ने बताउनुभएको थियो । “यो एकदम सरल छः यदि उहाँले ब्राजिलका उत्पादनहरूमा कर लगाउनुभयो भने ब्राजिलले संयुक्त राज्य अमेरिकाबाट निर्यात हुने उत्पादनहरूमा कर लगाउनेछ,” ७९ वर्षीय लुलाले उक्त अवसरमा भन्नुभएको थियो । लुलाले अमेरिकासँगको सम्बन्ध सुधारगर्न र चीनपछि ब्राजिलको दोस्रो ठूलो व्यापारिक साझेदारसँग व्यापार सम्बन्ध बढाउन चाहेको बताउनुभयो । ब्राजिलका अर्थमन्त्री फर्नान्डो हदादले ट्रम्पले लगाएको जस्तो एकतर्फी कर ’विश्व अर्थतन्त्रसुधारका लागि प्रत्युत्पादक’ भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “यो नयाँ कर वृद्धिले ब्राजिललाई मात्र एकल असर गर्दैन, बरु सम्पूर्ण विश्वलाई लक्षित गर्दछ र ब्राजिलले ट्रम्पलाई कसरी प्रतिक्रिया दिने निर्णय गर्नु अघि अन्य देशहरूले कस्तो प्रतिक्रिया देखाउँछन् भनी हेरिरहेको छ ।” अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकी उत्पादकहरूलाई अनुचित प्रतिस्पर्धाको सामना गर्नुपर्दा उनीहरूको सुरक्षाको लागि स्टीलमा यस्तै कर वृद्धि लागू गर्नुभएको थियो । यद्यपि, कोटा आयात गर्न सहमत भएपछि ब्राजिललाई छुट दिइएको थियो । एजीएल कार्गो निर्यात कम्पनीका संस्थागत सम्बन्ध निर्देशक ज्याक्सन क्याम्पोसले एएफपीसँग भन्नुभयो, “ब्राजिलले प्रतिशोधको सट्टा कूटनीति रोज्ने सम्भावना छ ।” क्याम्पोसले भन्नुभयो, “कूटनीतिको माध्यमबाट वार्ता गर्नु एउटा विकल्प हुनेछ, किनभने यसको तत्काल प्रभाव पर्छ । यदि सम्झौता हुन सकेन भने ब्राजिलले भारत, दक्षिण कोरिया र अफ्रिकालाई हेरेर बजारलाई विविधीकरण गर्ने प्रयास गर्न सक्छ ।”

ब्राजिलस्थित अमेरिकी चेम्बर अफ कमर्शले एक विज्ञप्ति जारी गर्दै स्टिल र आल्मुनियममा लगाइने करले यी क्षेत्रमा ब्राजिलको निर्यातमा उल्लेखनीय असर पार्ने सम्भावना रहेकाले वार्ताबाट समाधानको अपेक्षा गरेको जनाएको छ । “सन् २०२४ मा ब्राजिलले संयुक्त राज्य अमेरिकामा ५.७ अर्ब डलरभन्दा बढीको स्टिल र फलाम निर्यात गरेको थियो । सोही वर्ष ब्राजिलले अमेरिकी बजारमा २६ करोड ७० लाख अमेरिकी डलरबराबरको आल्मुनियम निर्यात गरेको थियो, जुन ब्राजिलको विश्वव्यापी बिक्रीको १६.७ प्रतिशत बराबर हो । ब्राजिलको स्टिल इन्स्टिच्युटले भनेको छ, “विशेषगरी देशको बजार अमेरिकासँग पहिल्यै प्रतिस्पर्धा गरिरहेका चीनजस्ता मुलुकबाट आयातमा भएको उल्लेखनीय वृद्धिले पनि प्रभावित भएको छ ।“इन्स्टिच्युटले व्यापार प्रतिरक्षाका उपायहरूको परिणामस्वरूप ‘ब्राजिलले तेस्रो देशहरूबाट संयुक्त राज्य अमेरिकामा स्टील उत्पादनहरू रोक्ने कुनै सम्भावना छैन,” ट्रम्पले भन्नुभयो । रासस/एएफपी

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...