स्वर्गद्वारी गुठी पीडित किसान धर्नामा

Published on

काठमाडौँ । स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीमा रहेको मालपोत कार्यालयमा धर्ना दिएका छन् । सरकारसँग विगतमा भएको सहमती कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत मोही किसानले आइतवार विहान दश बजेदेखि घोराहीमा रहेको मालापोत कार्यालय घोराहीको गेटमा धर्ना दिएका हुन् । स्वर्गद्वारी आश्रमको जग्गामा भएको द्वोयध स्वामित्व अन्त्य हुनुपर्ने, गुठी जग्गालाई रैकर गर्नुपर्ने, मोही किसानलाई जग्गा दिनुपर्नेलगायतका माग राख्दै किसानले कार्यालयको गेटमा नारावाजीसहित धर्ना दिएका हुन् । सरकारले विगतमा किसानसँग गरेको सम्झौता कार्यान्वयन नगरेका कारण दबाब स्वरुप आन्दोलन गर्नुपरेको गुठिपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभएको छ ।

किसानहरुको चरणबद्ध आन्दोलनका कार्यक्रमअनतर्गत मालपोत कार्यालयमा धर्ना दिएको भन्दै अध्यक्ष चौधरीले भन्नुभयो, “किसानका समस्या सम्वोधनका लागि सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउनका लागि धर्ना दिएका छौं ।” गुठी पीडित किसानको धर्नाका कारण मालपोत कार्यालयमा कर्मचारी प्रवेश गर्न पाएका छैनन् । मोही किसान धर्नामा बसेपछि सुरक्षाका लागि प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ । सरकारसँग भएका भएका सहमति कार्यान्वयनको माग गर्दै माघको २० गतेदेखि स्वर्गद्वारी गुठी पीडित किसान आन्दोलनरत छन् । स्वर्गद्वारी आश्रमअन्तर्गत दाङका विभिन्न ठाउँमा भएको एक हजार ५० विगाह जग्गामध्ये ७ सय ५३ बिगाहामा मोही रहेको छ भने उक्त जग्गामा ३ हजार ५ घरधुरीका १५ बढी घरधुरी किसानले बसोवास गर्दै आएका छन् ।

ताजा समाचार

कोशी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन...

‘विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ’

काठमाडौँ । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी...

कालीगण्डकीमा भारतीय नागरिक मृत फेला

काठमाडौँ । कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ...

ट्यांकरले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु, स्थानीयद्वारा आगजनी

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा...