अनेसास पुरस्कारका लागि पुस्तक आह्वान

Published on

काठमाडौँ । विश्वभरि छरिएर रहेको नेपाली साहित्यका लेखक तथा स्रष्टाहरुको प्रतिनिधिमूलक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले पुरस्कारको लागि पुस्तक आह्वान गरेको छ । आगामी फ्रेबुअरी २८ तारिखसम्मको म्याद राखेर लेखकले पुस्तक पठाउनुपर्ने समयसीमा निर्धारण गरिएको पुरस्कार छनौट समितिका संयोजक एवं अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तीर्थराज पाण्डेयले जानकारी दिनुभयो । पाण्डेयले दिनुभएको जानकारीअनुसार दुई हजार डलर राशीको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार एक जनाले प्राप्त गर्नेछन् । डायस्पोरामा प्रदान गरिने उक्त पुरस्कार सर्वाधिक रााशीमध्येको एक हो । आफैँ पनि विभिन्न विधामा पुस्तक प्रकाशित गरिसक्नुभएका पाण्डेयले लेखकलाई आफूले लेखेको पुस्तकलाई अन्तर्राष्ट्रिय रुपमा पुर्‍याउने माध्यम पुरस्कारले गर्नेगरेको बताउनुभयो ।

यसैगरी पुरस्कार छनोट कमिटीले विभिन्न १० वटा विधामा पनि पुरस्कार प्रदान गर्नेछ । जसमा कविता, कथा, उपन्यास, निबन्ध, नियात्रा, संस्मरण, गीत, गजल मुक्तक, हाइकु, समालोचना, लोकसाहित्य, संस्कृति, बालकृत साहित्यलगायत छन् । पुरस्कारका लागि नेपाली भाषामा लेखिएका, विधा प्रष्टसँग उल्लेख गरिएको र पुस्तक आवरणसहित कम्तिमा ६४ पृष्ठको आकार भएको हुनुपर्ने पाण्डेयले जानकारी दिनुभयो । लेखकलाई पुस्तकको साथमा निर्धारण गरिएको लेखक परिचय खुल्नेगरी फर्म भरेर पठाउन संयोजक पाण्डेयले आह्वान गर्नुभयो । विगत वर्षहरुदेखि प्रदान गरिदैआएको पुरस्कारको वितरण महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको दिन वासिङ्गटन डिसीमा आयोजना हुने कार्यक्रममा हस्तान्तरण गरिने पाण्डेयले जानकारी दिनुभयो ।

पाण्डेयले भन्नुभयो, “अब दुई हप्ताको अवधिमा स्रष्टाहरुले सन् २०२३ को जनवरी १ तारिखदेखि सन् २०२४ को डिसेम्बर ३१ सम्म प्रकाशित गर्नुभएका पुस्तकहरु नेपालमा रहेको अनेसासको शाखा वा अमेरिकामा पठाउन अनुरोध गर्दछु ।’ विश्वभरि छरिएर रहेका करिब ६५ वटा शाखा, तीन हजार आजीवन सदस्य रहेका अनेसासको पुरस्कार लेखक, कवि, स्रष्टाहरुको लागि एउटा महत्वपूर्ण अवसर भएको बताइन्छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...