खारा ब्यारेक नजिकै भेटियो बम

Published on

काठमाडौँ । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेकनजिक फेरि अर्को बम फेला परेको छ । बुधबार बिहान १० बजे त्रिवेणी गाउँपालिका वडा ६ स्थित प्रदिप ओलीको बारीमा बम फेला परेको हो । बारीमा काम गर्ने क्रममा बम फेला परेको ओलीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार ओलीको खेतबारीमा काम गर्ने क्रममा बम फेला परेको हो ।

स्थानीयले बमजस्तो देखिने फलामको धातु फेला परेको भनेर सूचना दिए पश्चात प्रहरी चौकी झुल्नेटाबाट प्रहरी सहायक निरीक्षक टि.एम. सारु मगरको नेतृत्वको प्रहरी टोली र नेपाली सेनाको चण्डीदल गण सुरक्षा पोष्ट खाराबाट नेपाली सेनाको एक टोली घटनास्थल गएको छ । सुरक्षाकर्मीको टोली घटनास्थल पुगिसकेको र बम डिस्फोजल टोलीसँग समन्वय भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । यसअघि गत माघ २७ गते सोही वडाको बित्तास्थित लालिगुराँस सामुदायिक वन क्षेत्रमा र माघ ३० गते सोही स्थानको पात्लास्थित रमेश ओलीको बारीमा बम फेला परेको थियो । बम डिस्फोजल टेलीले ती बम डिस्फोज गरेको थियो । बम विगतको द्वन्द्वको क्रममा छोडिएको हुन सक्ने बताइएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...