प्युठानमा दम्पतीको हत्या पुष्टि, अनुसन्धान जारी

Published on

काठमाडौँ । शनिवार दिउँसो मृत अवस्थामा फेला परेका दम्पतीको हत्या पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानबाट माण्डवी गाउँपालिका–२ रातापानी निवासी ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियारको हत्या भएको पुष्टि गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

दम्पतीको टाउको र शरीरका विभिन्न भागमा चोटहरूको निशान पाइएको छ, जसबाट घातक हतियार प्रयोग गरेर बीभत्स तरिकामा हत्या गरिएको देखिएको प्रारम्भिक अध्ययनले सङ्केत गरेको प्रहरी निरीक्षक निरञ्जन रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसीसहितको अनुसन्धान टोली शनिवारदेखि नै घटनास्थलमै रहेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो । उहाँले भन्नुभयो,’ घटना हेर्दा हत्या भएको देखिन्छ, हामी अनुसन्धानको नजिक पुगेका छौँ।’

घटनास्थललाई सिलबन्दी गरी म्यानुअल र प्राविधिक तवरबाट अनुसन्धान अगाडि बढाइएको छ। अनुसन्धान टोलीले शङ्कास्पद व्यक्तिहरूसँग सोधपुछ गर्दै, सबुत प्रमाणहरू जुटाउने र थप प्रमाण सङ्कलन गर्न कुकुरको मद्दत लिइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ। आफ्नै घरमा सुतेका दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी बस्यालका अनुसार मृतक दम्पती घरमा एक्लै बस्दै आएका थिए। उनीहरूका चार छोरा छिमेकी देश भारतमा बस्दै आएको र दुई छोरी विवाह भई दाङतिर बस्दै आएका थिए।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...