बलात्कारपछि बालिका गर्भवती

Published on

काठमाडौँ । भारतमा रोजगारीमा रहेका आमाबुवासँगै रहेकी १२ वर्षीया एक बालिका बलात्कारबाट गर्भवती भएको खुलेको छ । सात महिनाअघि भारतको सुरतमा बालिकालाई बलात्कार भएर बच्चा पेटमा रहेको बताइएको छ । भारतबाट बालिकासहित अछाम घर फर्केपछि पेट बढ्दै गएपछि आफन्तले बुझ्दा बलात्कार भएको र बच्चा रहेको खुलेको हो । भारतमै रहेका बेलामा बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा आफन्त नाता लाग्ने करिब ४५ वर्षीय एक पुरुषका विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा पीडित पक्षले उजुरी गरेको छ । आरोपी पुरुषको समेत विवरण गोप्य राखिएको छ ।

‘घटना उता इन्डियामा घटना भएको भन्ने आएको छ । अहिले जबरजस्ती करणीको उजुरी परेर घटनाको अनुसन्धान भइरहेको छ’ अछाम प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले भन्नुभयो । बालिकाका आफन्तले उजुरी दिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्नलाई पक्राउका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको अछाम प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो । बालिकालाई थप उपचार र परीक्षणका लागि बालिकालाई जिल्ला बाहिरको एक ओसिएमसीमा राखिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...