झुण्डिएको अवस्थामा मृत फेला

Published on

काठमाडौँ । म्याग्दीको तुलसी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका –१, निस्कोटस्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सानस्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर शनिबार राति साढे १ बजेको समयमा सोही फार्मनजिक रहेको पुलमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो ।

मृतक तुल्सीका काकाको छोराभाइ सुजन पुनले दाजु तुल्सीसँगै एउटै कम्पनीमा कार्यरत अर्का कामदार मिलन तामाङले फोनमार्फत भन्नुभएको भनाइलाई उद्धृत गर्दै भन्नुभयो, ‘‘दाजुसँगै कम्पनीमा काम गर्ने साथी मिलन तामाङले साहुको अत्याचार र दुर्वव्यवहार सहन नसकेर तपाईको दाइ तुल्सीले फार्मनजिक रहेको पुलमा झुण्डिएर आत्महत्या गरेको हामीलाई जानकारी दिनुभएको छ । ’’ तुल्सी गत असोजमा मात्र इपिएसमार्फत त्यहाँ पुग्नुभएको थियो । कोरियामा तुल्सीको मृत्यु भएको खबरले परिवारका सदस्य शोकमा डुब्नुभएको छ । कोरियाबाट म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) दक्षिण कोरियाका अध्यक्ष दुर्गा भण्डारी र पत्रकार मनोज गुरुङले तुल्सीको मृत्यु भएको र शव अहिले प्रहरीले लगेर अस्पतालमा राखेको जानकारी दिनुभयो ।

पत्रकार गुरुङका अनुसार, आत्महत्या वा हत्या भन्ने बारेमा थप छानबिन हुन बाँकी छ । मृतक तुल्सीका घटनाबारे कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोनालगायत नेपालीले चासो दिएका छन् । मृतक तुल्सीका परिवार, कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोनालगायत नेपालीले घटनाबारे गम्भीर अनुसन्धान गर्न र सङ्लग्न दोषीलाई कडा कारबाही गर्न त्यहाँको सरकारसँग माग गरेका छन् । मृतक तुल्सी पुन मगरका एक दाजु र एक बहिनी हुनुहुन्छ । बुबाआमाको पहिले नै निधन भइसकेको छ । मृतक तुल्सीका काका छोराभाइ सुजन पुनका अनुसार कोरियन भाषा (इपिएस) परीक्षा पास गरेर गत असोजमा मात्र कोरिया पुग्नुभएका २८ वर्षिय तुल्सी त्यसअघि रोजगारीको सिलसिलामा साउदी अरेबीयामा एक वर्ष बसेर कोरिया जाने उद्देश्यसहित घर आउनुभएको थियो ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...