‘फेरि राजा बन्ने चाहना त्याग्नुस्, निर्वाचनमार्फत नेता बन्नुस्’

Published on

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद वामदेव गौतमले पूर्वराजालाई फेरि राजा बन्ने चाहना परित्याग गरी निर्वाचनमार्फत नेता बन्न सुझाव दिनुभएको छ। आजको बैठकको विशेष समयमा उहाँले जनताको बलबाट अन्त्य भएको राजतन्त्र अब कुनै पनि हालतमा फर्कने सम्भावना नरहेको बताउनुभयो। “नेपाली जनताले जनआन्दोलनको बलमा राजा हटाएर बहुदलीय व्यवस्था ल्याएका हुन्”, उहाँले भन्नुभयो, “पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा प्रजातन्त्रिक पार्टी दर्ता गराउनुस्, २०८४ को निर्वाचनमा भाग लिनुस्, निर्वाचित भएर संसदबाट प्रधानमन्त्री बन्नुस्, नेपालको चौतर्फी विकास गरी समृद्धि कायम गरेर देखाइदिनुस्।”

सांसद झक्कुप्रसाद सुवेदीले वर्तमान सरकारले संसद्लाई छलेर ल्याएका अध्यादेश भूमाफिया, कालोबजारी, राजस्व छली, स्वार्थ समूहको हितमा रहेको आरोप लगाउँदै आमजनताको पक्षमा नरहेको अध्यादेश पास गर्न नुहुने धारणा व्यक्त गर्नुभयो। सांसद नारायणदत्त मिश्रले कृषि अनुदान अपचलन गर्नेलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिँदै मल बिउ र खनजोतका लागि वडा कार्यालयमार्फत अनुदान दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। “एकातर्फ मलबिउ छैन, अर्कातर्फ सीमा क्षेत्रमा सुरक्षाकर्मीको ज्यादती छ, एक कट्टा मल र १० किलो बिउ ल्याउनेलाई कारबाही गर्छन्”, उहाँले भन्नुभयो, “मलबिउ, खनजोत र सिँचाइका लागि सबैभन्दा बढी अनुदान हुनुपर्छ, अन्य क्षेत्रका अुनदान कटौती हुनुपर्छ।”

सांसद युवराज शर्माले आर्थिक समृद्धि र जनजीविकाको सवाल सम्बोधन गर्न राजनीतिक दलहरू चुक्न नहुनेमा जोड दिँदै सङ्घ र प्रदेशको संरचनामा व्यापाक सुधार गरेर जानुपर्ने खाँचो औँल्याउनुभयो। सांसद डा. बेदुराम भुसालले संसदीय प्रक्रिया र अन्तरवस्तुको दृष्टिकोणबाट अध्यादेश समर्थन गर्न नसकिने बताउनुभयो। भूमिहीन, सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि विद्यमान ऐन पर्याप्त रहेको जनाउँदै उहाँले स्वार्थ समूहको हितमा भूमिसम्बन्धी अध्यादेश अघि बढाउन नहुने धारणा राख्नुभयो। सांसद मोहम्मद खालिदले भारतको उडिसास्थित एक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु सम्बन्धमा नेपाल सरकारले चालेको कूटनीतिक पहल र त्यसको परिणामबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । रासस

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...