ग्यास अभावको हल्लाले बाजुराका महिला दाउरा सङ्कलनमा जुटे

Published on

काठमाडौं । बजारमा ग्यास अभाव भएको हल्ला फैलिएसँगै बाजुराका अधिकांश ग्रामीण बस्तीका महिलाहरू दाउरा सङ्कलनमा जुटेका छन् । केही दिनयता बजारमा ग्यासको अभाव हुन थालेको भन्ने सूचना पाएपछि उनीहरूले खाना पकाउने वैकल्पिक स्रोतका रूपमा वनबाट दाउरा सङ्कलन गर्न थालेका हुन् । बुढीनन्दा नगरपालिका निवासी पारु रोकायाले बजारमा ग्यास नपाइने भन्ने सुनेपछि दाउरा जोहो गर्न थालेको बताउनुभयो ।उहाँका अनुसार दैनिक रूपमा दाउराकै प्रयोग हुने भए पनि कहिलेकाहीँ ग्यास प्रयोग गरिँदै आएको थियो । 

तर, ग्यास अभावको हल्लापछि पुनः दाउरामै निर्भर हुनुपरेको उहाँले उल्लेख गर्नुभयो ।यहाँका धेरैजसो स्थानमा विशेष गरी वर्षा र खेतीपातीको समयमा ग्यास प्रयोग हुने गरेको पाइन्छ । पछिल्लो समय ग्यास अभावको चर्चा बढ्न थालेपछी त्यस समयलाई लक्षित गर्दै महिलाले दाउरा सङ्कलन गर्न थालेका हुन् । यद्यपि केही स्थानीयले गाउँ क्षेत्रमा ग्यास अभावको प्रभाव खासै नपरेको बताएका छन् । बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारस्थित विनोद जनरल स्टोरका सञ्चालक भगतराज गिरीका अनुसार बजारमा ग्यास अभाव भएको चर्चा चले पनि बाम्का लगायतका बजारमा हालसम्म त्यस्तो समस्या नदेखिएको बताउनुभयो ।

 उहाँले हालसम्म ग्राहकलाई नियमित रूपमा ग्यास उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।गिरीका अनुसार ग्यासको खरिद मूल्य बढेका कारण बिक्री मूल्य पनि वृद्धि गरिएको छ । ढुवानी खर्च बढ्दा मूल्यमा थप प्रभाव परेको उहाँले बताउनुभयो । हाल पसलमा सीमित मात्रामा सिलिन्डर मौज्दात रहेकाले ती बिक्री नभएसम्म नयाँ ग्यास नल्याइने पनि उहाँको भनाइ छ । जिल्लामा सबैभन्दा बढी ग्यास खपत बुढीगङ्गा नगरपालिकामा हुने गरेको छ ।दाउराको अभाव भएका क्षेत्रमा ग्यासको प्रयोग बढी हुने र दाउरा उपलब्ध हुने ठाउँमा अझै पनि परम्परागत रूपमा दाउराकै प्रयोग हुने गरेको स्थानीयको भनाइ छ । पहिले वन क्षेत्रमा दाउरा सहजै उपलब्ध हुने भएकाले ग्यासको प्रयोग न्यून थियो ।तर, वनहरू सामुदायिक व्यवस्थापनमा गएपछि दाउरा सङ्कलनमा कडाइ गरिएकाले गाउँ बस्तीमा ग्यासको प्रयोग बढ्दै गएको बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...