सुपर काबेली जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको तयारी

Published on

काठमाडौँ । ताप्लेजुङमा सुपर काबेली जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको तयारी गरिएको छ । हिलटन हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनाको काम सम्पन्न भएसँगै १२ मेगावाट क्षमताको विद्युत उत्पादनको तयारी गरिएको हो । सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोलाको पानी उपयोग गरी जलविद्युुुत आयोजना निर्माण गरिएको हो । विद्युत उत्पादनको तयारीसँगै गएको बुधबारदेखि आन्तरिक परीक्षण सुरु गरिएको आयोजनाका सम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । ढुङ्गानाका अनुसार बाँध, सुरुङ, विद्युतगृह, प्रशारण लाइन, स्विचार्डलगायतका संरचनाको परीक्षण गरिँदै छ ।

उहाँले बुधबार र बिहीबारसम्ममा नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोली आइपुग्ने र प्राधिकरणका प्राविधिक टोलीको परीक्षणपछि आयोजनाको औपचारिक उत्पादन सुरु हुने बताउनुभयो । आयोजनाको विद्युत गृह सिरिजङ्घा गाउँपालिका– ६ मामाङ्खे र वडा ७ खेबाङको सिमाना ओथम्मामा रहेको छ । ओथम्मादेखि पाँचथर, हिलिहाङ गाउँपालिकाको अमरपुरस्थित नेपाल विद्युुत प्राधिकरणको १३२ केभिए क्षमताको सवस्टेसनमार्फत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जडान हुने छ । सम्पर्क अधिकृत ढुङ्गानाका अनुसार आयोजना निर्माणको लागत दुई अर्ब १४ करोड ३८ लाख रुपियाँ रहेको छ । प्रवर्द्धन कम्पनी हिलटन हाइड्रो इनर्जी लिमिटेडसँगै एनएमबी बैङ्क लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको लगानी रहेको आयोजनाले जनाएको छ । २०८१ चैत १० भित्र निर्माण गरी सक्नेगरी २०७९ पुस २५ गतेदेखि सुरु गरिएको आयोजनाको काम एक महिना अगावै सम्पन्न भएको पनि सम्पर्क अधिकृत ढुङ्गानाले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...