सुपर काबेली जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको तयारी

Published on

काठमाडौँ । ताप्लेजुङमा सुपर काबेली जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको तयारी गरिएको छ । हिलटन हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनाको काम सम्पन्न भएसँगै १२ मेगावाट क्षमताको विद्युत उत्पादनको तयारी गरिएको हो । सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोलाको पानी उपयोग गरी जलविद्युुुत आयोजना निर्माण गरिएको हो । विद्युत उत्पादनको तयारीसँगै गएको बुधबारदेखि आन्तरिक परीक्षण सुरु गरिएको आयोजनाका सम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । ढुङ्गानाका अनुसार बाँध, सुरुङ, विद्युतगृह, प्रशारण लाइन, स्विचार्डलगायतका संरचनाको परीक्षण गरिँदै छ ।

उहाँले बुधबार र बिहीबारसम्ममा नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोली आइपुग्ने र प्राधिकरणका प्राविधिक टोलीको परीक्षणपछि आयोजनाको औपचारिक उत्पादन सुरु हुने बताउनुभयो । आयोजनाको विद्युत गृह सिरिजङ्घा गाउँपालिका– ६ मामाङ्खे र वडा ७ खेबाङको सिमाना ओथम्मामा रहेको छ । ओथम्मादेखि पाँचथर, हिलिहाङ गाउँपालिकाको अमरपुरस्थित नेपाल विद्युुत प्राधिकरणको १३२ केभिए क्षमताको सवस्टेसनमार्फत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जडान हुने छ । सम्पर्क अधिकृत ढुङ्गानाका अनुसार आयोजना निर्माणको लागत दुई अर्ब १४ करोड ३८ लाख रुपियाँ रहेको छ । प्रवर्द्धन कम्पनी हिलटन हाइड्रो इनर्जी लिमिटेडसँगै एनएमबी बैङ्क लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको लगानी रहेको आयोजनाले जनाएको छ । २०८१ चैत १० भित्र निर्माण गरी सक्नेगरी २०७९ पुस २५ गतेदेखि सुरु गरिएको आयोजनाको काम एक महिना अगावै सम्पन्न भएको पनि सम्पर्क अधिकृत ढुङ्गानाले बताउनुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...