भूकम्पपछिको पुर्ननिर्माणका लागि तीन जिल्लामा आयोजना कार्यान्वयन ईकाइ खुल्दैः गृहमन्त्री

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आकँलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई तिव्रता दिइएको बताउनुभएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औं बैठकले जाजरकोट, डोटी र बझाङ्गमा भूकम्पपछिको क्षतिको आँकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई सरकारले तिव्र रुपमा अघि बढाएको जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै गृहमन्त्री लेखकले भूकम्पपछिको पुर्ननिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङ्गमा पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

गृहमन्त्री लेखक आगामी फागुन २३ गते बझाङ्ग, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने गृह मन्त्रालयले जनाएको छ । जाजरकोटमा गत २०८० कार्तिक, बझाङ्गमा २०८० असोज र डोटीमा २०७९ कार्तिकमा केन्द्रबिन्दु भएर भूकम्प भएको थियो । “हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र नीजि घरहरुको पुर्ननिर्माण एवं पुर्नस्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ अब जाजरकोट, बझाङ्ग र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट नीजि घरहरुमा भएको क्षति आँकलन गर्ने काम अगाढी बढ्नुका साथै पुर्ननिर्माण र पुर्नस्थापनको काम अगाढी बढाउछौं ।”

गत वर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ । “पहिलो भूकम्प भएको दुई र पछिल्लो भूकम्प भएको एक वर्ष बितिसक्दा पनि क्षति आकँलन गर्ने र पुर्ननिर्माण एवं पुर्नस्थापना अगाढी बढ्ने सकेको स्थिती थिएन ।” उहाँले भन्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...