नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

Published on

काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकाले नि:शुल्क लोकसेबा आयोगको अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले पालिकाभित्र योग्यता पुगेका सिमान्तकृत तथा दलित युवाहरुलाई लोकसेवा आयोगमा प्रवेश गराउन सहयोग पुर्‍याउने उद्धेश्यले निशुल्क लोकसेवा आयोगको अनलाइन तथा भौतिक तयारी कक्षा सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुवन चापाँगाईले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका भित्र स्थायी रुपमा बसोबास गरिरहेका तथा योग्यता पुगेका इच्छुक सिमान्तकृत तथा दलित युवाहरुलाई यहि फागुन २० गते भित्र पालिकाको कार्यालयमा पुगेर वा पालिकाको ईमेल ठेगानामा आवेदन दिन सक्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कार्यक्रम बनाएर लोकसेवा आयोगको अनलाइन कक्षा सञ्चालनको लागि बजेट विनियोजन समेत गरिसकेको प्रमुख प्रशासककिय अधिकृत चापागाईंको भनाइ छ । लोकसेवा आयोगमा तयारी कक्षामा सहभागी हुन कम्तीमा एसएलसी वा एसईइ उर्तीण गरेको हुनुपर्ने छ भने पुरुषको हकमा १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेकाले लोक सेवा आयोगको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ। त्यस्तैगरी सिमान्तकृत तथा दलित युवाहरुलाई लोक सेवा पढ्नको लागि धेरै रकम खर्च गरेर बाहिर जानु पर्ने अवस्थालाई अन्त्य गर्न गाउँपालिकाले आर्थिक वर्षबाट बजेट विनियोजन गरी निशुल्क लोक सेबा तयारी कक्ष सञ्चालन तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...