रगत अभाव टार्न ५० जनाको रक्तदान

Published on

काठमाडौं । पश्चिम नेपालको स्वास्थ्य उपचारको हब बन्दै गएको नेपालगन्जमा फेरी एक पटक रगत अभाव चर्किएको छ । रगत अभाव बढ्दै जाँदा नेपालगन्जस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रले रक्तदानकालागि विभिन्न सङ्घसंस्थालाई आग्रह गरेपछि फेरी रक्तदान गर्ने कार्यलाई अगाडि बढाइएको छ । सोही क्रममा गोपाल नीना फाउन्डेसन नेपाल तथा जनमत अर्धसाप्ताहिकको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । नेपालगन्जस्थित अन्नपूर्ण ग्यास्ट्रो केयर अस्पताल गणेशमान चोकमा आयोजित कार्यक्रममा रक्तदाताहरूको उत्साहजनक सहभागिता देखिएको थियो । उक्त कार्यक्रम जनमतद्वारा सञ्चालन गरिएको ६८ औँ रक्तदान शृङ्खला रहेको शतक रक्तदाता पवन जयसवालले जानकारी दिनुभयो ।उहाँका अनुसार साथै गोपाल नीना फाउन्डेसनले पनि निरन्तर रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बाँके जिल्लाका अस्पतालमा देखिँदै आएको रगत अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यले नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्ने गरिएको जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले बताउनुभयो । उहाँले यस्ता अभियानले रगत अभावलाई केही हदसम्म समाधान गर्नुका साथै “रक्तदान जीवनदान” भन्ने सन्देश समाजमा फैलाउने र नयाँ रक्तदाताको संख्या बढाउने विश्वास लिइएको पनि बताउनुभयो । प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले रगत अभाव अत्यधिक बढेकोले रक्तदाता सङ्घसंस्था र व्यक्तिलाई रक्तदानका लागि अनुरोध गरिएको बताउनुभयो । उहाँका अनुसार नेपालगन्जमा पश्चिम नेपालका तीनवटा प्रदेशका गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि ल्याउने गरिएकोले पनि रगतको आवश्यकता दिनदिनै बढ्दै गएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...