राष्ट्रको सुरक्षामा सेनाको महत्त्वपूर्ण भूमिका : प्रदेश प्रमुख

Published on

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राष्ट्रको सुरक्षामा नेपाली सेनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । नेपाली सेनाको मध्य पृतना हेटौँडाले महाशिवरात्रि तथा २६२ औं नेपाली सेना दिवसको अवसरमा यहाँ शनिबार आयोजना गरेको विविध सैनिक प्रदर्शनी–वाकथुन तथा एडभेन्चर च्यालेन्ज प्रतियोगिता २०८१ कार्यक्रममा बोल्र्नुहुँदै उहाँले देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा, विपद् व्यवस्थापन, शान्ति स्थापना र राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभएको हो ।

उहाँले जनतालाई नै केन्द्रबिन्दुमा राखेर देशका कुनाकाप्चामा जनहितका कार्यहरू गर्दै, आफ्नो ज्यानको पर्वाह नगरी जनरक्षाका लागि नेपाली सेना निरन्तर लाग्दै आएको भन्दै गौरवशाली इतिहास रहेको सेनाले राष्ट्रलाई पर्न आउने विभिन्न विपत्तिमा जनधन क्षति हुनबाट बचाउन सहयोग गर्दै स्मरण गर्नुभयो । प्रदेश प्रमुख देवकोटाले प्रदेश स्तरमा आयोजना गरिएको यस वाकथुन तथा एडभेन्चर च्यालेन्ज प्रतियोगिता–२०८१ ले बागमती प्रदेशमा रहेका जनतालाई नेपाली सेनाबारे जान्ने बुझ्ने अवसर प्राप्तभएको र सेना प्रति रहेको जनताको अपनत्वमा अझ वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।

अनेकता बिचको एकताको प्रतिकको रूपमा नेपाली सेनाले पाइरहेको जनताको साथ र सहयोगमा समेत वृद्धि भएको देखिन्छ उहाँले भन्नुभयो, “एडभेन्चर च्यालेन्ज प्रतियोगिताले युवा तथा विद्यार्थी भाइबहिनीका बाधा कठिनाईलाई हौसला, जोस्, जागर र मानसिक तथा शारीरिक तन्दुरुस्तीले पार गर्न सकिन्छ भन्ने शिक्षा दिएको छ ।’’ उहाँले प्रदर्शनीमा राखिएका स्टलहरूले नागरिकलाई नेपाली सेनासम्बन्धी जानकारी प्राप्त गर्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, मध्य पृतनापति हरेन्द्र पाठक, प्रदेश सरकारका प्रमुख सचिव एवम् प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, बाहिनीपति, प्रदेश तथा मकवानपुर जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...