गैँडाको आक्रमणबाट एक घाइते

Published on

काठमाडौँ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६, खयरघारीमा गैँडाको आक्रमणबाट एक जना घाइते हुनुभएको छ । शनिबार दिउँसो खयरघारी मरुङगे ताल स्थित ब्रह्मदेवी लामिदमार मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३५ वर्षीय रामदिनेश कुशवार गैँडाको आक्रमणबाट घाइते हुनुभएको हो । प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट प्रहरी सहायक निरीक्षक शिवनी दासको कमान्डमा खटिएको टोलीले घाइते कुशवारलाई उपचारका लागि भरतपुर चितवन सरकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । गैँडाको आक्रमणबाट दाहिने खुट्टामा चोट लागेको र गैँडा वनतिर भागेको प्रहरीले जानकारी दिएको छ । यसअघि पनि यस क्षेत्रमा जङ्गली जनावरले दुःख दिँदै आएको छ ।

ताजा समाचार

कोशी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन...

‘विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ’

काठमाडौँ । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी...

कालीगण्डकीमा भारतीय नागरिक मृत फेला

काठमाडौँ । कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ...

ट्यांकरले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु, स्थानीयद्वारा आगजनी

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा...