फेन्सिङमा आर्मी र गण्डकी च्याम्पियन

Published on

काठमाडौँ । राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ । गण्डकी प्रदेश फेन्सिङ सङ्घ र कास्की जिल्ला फेन्सिङ सङ्घको संयुक्त आयोजना तथा नेपाल फेन्सिङ सङ्घको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा आर्मी सिनियरतर्फ र गण्डकी प्रदेश जुनियरतर्फ टिम च्याम्पियन बनेका हुन् । प्रतियोगितामा सिनियरतर्फ आर्मी हाबी हुँदा जुनियरतर्फ गण्डकीले सर्वाधिक पदक जित्न सफल भयो । आर्मीले ६ स्वर्ण, चार रजत र पाँच कांश्य पदक जितेको हो । गण्डकी चार स्वर्ण, तीन रजत नौ कांश्य पदक जित्यो ।

सिनियर पुरुष फोइल इन्डिभिजुअलतर्फ आर्मीका वीर सिंहले स्वर्ण र आर्मीका मिन कार्कीले रजत पदक जित्नुभयो । सुदूरपश्चिमका लक्ष्य शाही र आर्मीका नरेन्द्र धामीले कांश्य पदक हात पार्नुभयो । सिनियर महिलामा फोइल इन्डिभिजुअलतर्फ बागमतीकी गोमा आचार्यले स्वर्ण, आर्मीकी रमा सिंहले रजत र आर्मीकै आशाकुमारी गुरुङ र मनीषा थापाले कांश्य जित्नुभयो । फोइल टिम इभेन्ट सिनियर पुरुषमा आर्मीले स्वर्ण, एपिएफ क्लबले रजत र सुदूरपश्चिम र गण्डकीले कांश्य पदक जितेको छ । महिलातर्फ आर्मीले स्वर्ण, बागमती प्रदेशले रजत तथा गण्डकी र एपिएफले कांश्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा एक सय ७० खेलाडीको सहभागिता रहेको थियो । विजेता टिम तथा खेलाडीहरूलाई नेपाल फेन्सिङ सङ्घका महासचिव सुजनलाल श्रेष्ठ, कोषाध्यक्ष एवं जुरी हेड अनुप कपाली, गण्डकी फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...