फेन्सिङमा आर्मी र गण्डकी च्याम्पियन

Published on

काठमाडौँ । राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ । गण्डकी प्रदेश फेन्सिङ सङ्घ र कास्की जिल्ला फेन्सिङ सङ्घको संयुक्त आयोजना तथा नेपाल फेन्सिङ सङ्घको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा आर्मी सिनियरतर्फ र गण्डकी प्रदेश जुनियरतर्फ टिम च्याम्पियन बनेका हुन् । प्रतियोगितामा सिनियरतर्फ आर्मी हाबी हुँदा जुनियरतर्फ गण्डकीले सर्वाधिक पदक जित्न सफल भयो । आर्मीले ६ स्वर्ण, चार रजत र पाँच कांश्य पदक जितेको हो । गण्डकी चार स्वर्ण, तीन रजत नौ कांश्य पदक जित्यो ।

सिनियर पुरुष फोइल इन्डिभिजुअलतर्फ आर्मीका वीर सिंहले स्वर्ण र आर्मीका मिन कार्कीले रजत पदक जित्नुभयो । सुदूरपश्चिमका लक्ष्य शाही र आर्मीका नरेन्द्र धामीले कांश्य पदक हात पार्नुभयो । सिनियर महिलामा फोइल इन्डिभिजुअलतर्फ बागमतीकी गोमा आचार्यले स्वर्ण, आर्मीकी रमा सिंहले रजत र आर्मीकै आशाकुमारी गुरुङ र मनीषा थापाले कांश्य जित्नुभयो । फोइल टिम इभेन्ट सिनियर पुरुषमा आर्मीले स्वर्ण, एपिएफ क्लबले रजत र सुदूरपश्चिम र गण्डकीले कांश्य पदक जितेको छ । महिलातर्फ आर्मीले स्वर्ण, बागमती प्रदेशले रजत तथा गण्डकी र एपिएफले कांश्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा एक सय ७० खेलाडीको सहभागिता रहेको थियो । विजेता टिम तथा खेलाडीहरूलाई नेपाल फेन्सिङ सङ्घका महासचिव सुजनलाल श्रेष्ठ, कोषाध्यक्ष एवं जुरी हेड अनुप कपाली, गण्डकी फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...