रोस फुटबलको मुख्य प्रशिक्षकमा नियुक्त

Published on

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले आइतबार अस्ट्रेलियाका रोसलाई एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । रोस एक महिनाअघि नै नेपाल आउनुभएको थियो । तर एन्फाले आइतबार मात्र रोसलाई औपचारिक सार्वजनिक गरेको छ । रोसले सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्ने बताइएको छ । ‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त रोस यसअघि सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्थ्यो । नेपाली टोलीका पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल आठ महिना अघि सकिएपछि नेपाली पुरुष टोली प्रशिक्षकविहीन थियो । रोसको प्रशिक्षणमा नेपालले अब एएफसी एसिएन कप छनोट २०२७ को खेल खेल्नेछ । एन्फाले छनोट खेलको तयारीका लागि रोसलाई नियुक्त गरेको हो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...