रोस फुटबलको मुख्य प्रशिक्षकमा नियुक्त

Published on

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले आइतबार अस्ट्रेलियाका रोसलाई एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । रोस एक महिनाअघि नै नेपाल आउनुभएको थियो । तर एन्फाले आइतबार मात्र रोसलाई औपचारिक सार्वजनिक गरेको छ । रोसले सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्ने बताइएको छ । ‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त रोस यसअघि सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्थ्यो । नेपाली टोलीका पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल आठ महिना अघि सकिएपछि नेपाली पुरुष टोली प्रशिक्षकविहीन थियो । रोसको प्रशिक्षणमा नेपालले अब एएफसी एसिएन कप छनोट २०२७ को खेल खेल्नेछ । एन्फाले छनोट खेलको तयारीका लागि रोसलाई नियुक्त गरेको हो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...