रातु खोलाको अवैध उत्खनन रोक्न अनुगमन

Published on

काठमाडौँ । रातु खोला उत्खननको विषयलाई लिए विवाद उत्कर्षमा पुगेको बेला उत्खनन क्षेत्रको अनुगमन भएको छ। बर्दिबास नगर प्रमुख प्रह्लाद क्षेत्रीको सहभागितामा जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्णलगायतले अनुगमन गर्नुभएको हो। अनुगमनमा सह–संयोजक तथा प्रजिअ लालबाबु कवाडी, सशस्त्र र नेपाल प्रहरीका एसपी पूर्णचन्द्र भट्ट र नकुल पोखरेल लगायतको हुनुहुन्थ्यो। बर्दिबास नगरपालिकाले चालु आर्थिक वर्ष (०८१/०८२) का लागि रातु नदीकोे चार वटा प्याकेज करिब आठ करोड ४० लाख रुपियाँ ठेक्का गरेदेखि विरोध भइरहेको छ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राममणि अधिकारीका अनुसार प्रतिवेदनअनुसार नदीका दुवै किनाराबाट ५०–५० मिटर छाडेर त्यसबिच तीन फिट गहिराइमा करिब दुई लाख ९४ हजार ६८१ घन मिटर उत्खननको ठेक्का लगाइएको हो। चारवटै खण्डको माघ महिनामा ठेक्का सम्झौता भए यता रातु खोला उत्खनन चर्चामा छ। चार वटै खण्डमा मापदण्डको पालना नगरिएको, तीन फिट बढी उत्खनन गरिएको र रातको समय पनि उत्खनन भएको भन्दै केही राजनीतिक दल र स्थानीयले विरोध गरेपछि उत्खनन क्षेत्रको अनुगमन भएको हो। जिल्ला अनुगमन समितिको टोलीले मङ्गलबार करिब चार घण्टा अनुगमन गरेर उत्खननबारे बुझ्ने काम गरेको थियो। अनुगमन लगत्तै समितिका संयोजक एवं जिल्ला समन्वय समिति महोत्तरी प्रमुख सुमनलाल कर्णले रातु खोलाको उत्खनन मापदण्डअनुसार रहेको बताउनुभएको छ। चार वटै प्याकेजको सामूहिक नाप जाँच गर्दा तीन फिटको परिधिमा रहेर उत्खनन गरेको उहाँको भनाइ छ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...