अलास्का ग्यास पाइपलाइनमा अमेरिकासँग साझेदारी गर्न जापान र दक्षिण कोरिया इच्छुक : ट्रम्प

Published on

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार जापान र दक्षिण कोरिया अलास्कामा प्राकृतिक ग्यास पाइपलाइन निर्माणमा संयुक्त राज्य अमेरिकासँग काम गर्न चाहने देशहरूमध्ये रहेको बताउनुभएको छ । काङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै ट्रम्पले ‘आफ्नो प्रशासनले विश्वको सबैभन्दा ठूलो अलास्कामा विशाल प्राकृतिक ग्यास पाइपलाइनमा काम गरिरहेको र त्यहाँ जापान, दक्षिण कोरिया र अन्य राष्ट्रहरू हाम्रो साझेदार हुन चाहन्छन्’ भन्नुभयो । उहाँले देशहरू वासिङ्टनसँग ‘खर्बौं डलरको लगानी’ सँग काम गर्न चाहेको बताउनुभयो । ट्रम्पले थप विवरणहरू प्रदान गर्नुभएन तर ‘यो साँच्चै असाधारण हुनेछ’ भन्नुभयो ।

फेब्रुअरीमा राष्ट्रपति ट्रम्पले वासिङ्टन र टोकियोले अलास्काको तेल र ग्याससँग सम्बन्धित संयुक्त उद्यमको बारेमा छलफल गरिरहेको बताउनुभएको थियो । जापानी प्रधानमन्त्री सिगेरु इशिबासँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले जापानले ‘कीर्तिमान सङ्ख्यामा’ अमेरिकी प्राकृतिक ग्यासको नयाँ स्तर आयात गर्ने बताउनुभएको थियो । मङ्गलबार ट्रम्पले संयुक्त राज्य अमेरिकामा ‘महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीको उत्पादन नाटकीय रूपमा विस्तार गर्न’ यस हप्ताको अन्त्यमा कारबाही गर्ने पनि बताउनुभयो । देशले तेलका लागि ‘ड्रिल, बेबी, ड्रिल’ गर्ने भन्दै उहाँले ‘ऊर्जाको लागत द्रुत रूपमा कम गरेर’ आंशिक रूपमा मुद्रास्फीतिको सामना गर्ने वाचा गर्नुभएको छ । रासस/एएफपी

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...