नकैया सिमसारमा ३० लक्ष्मण सारस

Published on

काठमाडौँ । कञ्चनपुरमा रहेको नकैया सिमसार क्षेत्रमा ३० वटा लक्ष्मण सारस देखा परेका छन् । बेलौरी नगरपालिका –७ मा रहेको सो सिमसार क्षेत्रमा मंगलबार (फागुन २० गते) सो संख्यामा लक्ष्मण सारस देखा परेका हुन् । नेपाल–भारतमा बस्ने यो प्रजातिको सारस हिउँदे आगन्तुक मानिन्छ । जाडो याममा नेपालको विभिन्न ठाउँमा देखा पर्ने गर्दछन् । चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बनिरहेको नकैया सिमसारमा विभिन्न समयमा सारस प्रजातिका चरा देखा पर्दैआएको चराविद हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँका अनुसार यस वर्ष सो क्षेत्रमा दुर्लभ सारस क्रेन पनि देखा परेका थिए । नकैया सिमसार क्षेत्रमा विभिन्न प्रजातिका जलपन्छी पाइने गरेको नेचरगाइड सुवन चौधरीले बताउनुभयो । सारसलाई सिमसारको सूचकको रुपमा लिइने गरिन्छ । सारसको उपस्थितिले सिमसारको अवस्था तुलनात्मक रुपमा राम्रो रहेको बुझिन्छ । नेपालमा लक्ष्मणसहित सारस क्रेन, कर्याङकुरुङ, कालो टाउके सारस गरेर चार प्रजातिका सारस पाइने गरेका छन् ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...