डढेलो नियन्त्रणमा हरित स्वयम्सेवक परिचालन

Published on

कामठाडौँ । आगलागीका घटना न्यूनीकरण गर्न हरित स्वयम्सेवक क्रियाशील बनेका छन् । सिन्धुपाल्चोकमा बर्षेनी हुने आगलागी तथा डढेलोको घटनालाई निवारणका लागि स्वयमंसेवक खटिएका हुन् । डिभिजन वन कार्यालयमार्फत स्थानीय तह, वडा तथा सामुदायिक वनसम्म पुगेर सचेतना सुरु भएको हो । वन अभियनता, हरित् स्वयमंसेवक, डिभिजन वन कार्यालय र सामुदायिक वन समितिको सक्रियतामा सचेतनासँगै अग्नीरेखा निर्माण र नियन्त्रित डढेलोको काम सुरु गरिएको हो । डिभिजन वन कार्यालय चौतारा, गौराती र कल्लेरी सामुदायिक वन समिति र हरित स्वयम्सेवकको सक्रियतामा अग्नीरेखा निर्माण गरिएको हरित स्वयमंसेवक शारदाप्रसाद चालिसेले जानकारी दिनुभयो । समुदायनजिक रहेको र पर्यटकीय रुपमा परिचित वनमा अग्नीरेखा निर्माण गरिएको चालिसेले जानकारी दिनुभयो ।

जिल्लाका अन्य सामुदायिक तथा कवुलियती वनमा पनि अग्नीरेखा निर्माण गरिने उहाँले जानकारी दिनुभयो । ‘सामुदायिक वनमा आगलागी नियन्त्रणमा लिने, अग्नीरेखा निर्माण गर्ने, सडक क्षेत्रमा जम्मा भएका पत्कर जम्मागरी नियन्त्रित डढेलोको काममा स्वयमंसेवक परिचालित भएका छौँ, चालिसेले भन्नुभयो, ‘जिल्लाभरी सचेतना बृद्धि गरी डढेलो नियन्त्रण गर्न तत्पर छौँ ।’ डढेलो नियन्त्रण गर्न स्थानीय तह र समुदायसम्म सचेतनाको कार्यक्रम गरिएको डिभिजन वन कार्यालय चौताराका प्रमुख मदन कँडेलले जानकारी दिनुभयो । ‘डिभिजन तथा सवडिभिजन कार्यालय, हरित स्वयमंसेवक र स्थानीय तहले समेत तालिम, माइकिङमार्फत सचेतना फैलाइरहेका छन्’, कँडेलले भन्नुभयो, ‘डढेलो नियन्त्रणमा गम्भीर हुन अनुरोध गरिएको छ ।

डढेलो तथा आगलागी नियन्त्रण सहायता सामग्री तीनवटा सुरक्षा संयन्त्रलाई तालिमसहित वितरण गरिएको छ ।’ कंडेलका अनुसार जंगली जनावर र मानवविचको द्वन्द्व, प्रतिशोध, घाँस उम्रने आश, दुव्र्यसनीहरुका कारण डढेलो लाग्ने गरेको छ । सामुदायिक वन समितिको निष्क्रियता, वन सामग्रीको प्रयोगमा ह्रासका कारण पनि वन संरक्षमा चुनौती थपिएको हो । डिभिजन प्रमुख कंडेलका अनुसार वन डढेलो लगाएमा वन ऐन २०७६ अनुसार विगो असुल गरी ६० हजार जरिवाना र तीन वर्ष कैदको व्यवस्था छ । वनलाई जिविकोपार्जनमा जोड्नसके वन जोगिने सामुदायिक वन उपभोक्ता महासंघका कार्यक्रम संयोजक यज्ञ दंगाल बताउनुभयो । वन क्षेत्रमा गत वर्ष सन् २०२४ मा जिल्लाभर तीन हजार चारसय हेक्टर क्षेत्र डढेलोले नष्ट भएको थियो । यो वर्ष जिल्लाको त्रिपुरासुन्दरी, भोटेकोशी र जुगल गाउँपालिका डढेलोका घटनामा ८२ हेक्टर वन नष्ट भएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...