‘सामाजिक नारी आवाज’ विमोचन

Published on

काठमाडौँ । ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा ‘सामाजिक नारी आवाज’ पुस्तिका विमोचन गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले यहाँका जिल्लाका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका महिलाहरूले महिला अधिकार, लैङ्गिक हिँसा अन्त्य लगायतका विषय वस्तु समेटिएर उहाँहरूको विचार प्रकाशन गरिएको छ । पुस्तिकामा स्याङ्जा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरूले लेखेको “लैङ्गिक हिंसाको अन्त्य” शीर्षक समेटिएको कविताहरू समेत समावेश गरिएको छ । विमोचन कार्यक्रममा प्रमुख अतिथि पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले यस पुस्तिकामा स्याङ्जा जिल्लामा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका महिलाहरूको सशक्त विचार र बालिकाहरूको कविता समेटिएको हुदाँ महिला अधिकार स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले महिलाहरूको अधिकार, सशक्तीकरण, लैङ्गिक हिंसा विरुद्धको सचेतना, विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले सामाजिक नारी आवाज पत्रिका एक सामाजिक, सांस्कृतिक र जागरुकता सम्बन्धी प्रकाशन भएको र यसले महिला अधिकार, समानता र सशक्तीकरण प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । लैङ्गिक हिंसाको अन्त्य कसरी बन्ने विषय केन्द्रित रहेर महिला नेतृत्वको विचार र विद्यालयका छात्राहरूले कविता यसमा समावेश गरेको हुदाँ लैङ्गिक हिसां अन्त्यका लागि सामाजिक नारी आवाज एउटा महत्त्वपूर्ण पुस्तिका हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्याधिवक्ता श्रीकला पौडेल, जनप्रतिनिधि, महिला अधिकारकर्मी, प्रहरी तथा विभिन्न क्षेत्रका महिलाहरूको उपस्थिति रहेको थियो । हरेक वर्ष मार्च ८ मा मनाइने नारी दिवस यस वर्ष “सबै महिला तथा बालिकाका लागि स् अधिकार, समानता र सशक्तीकरण” नाराका तय गरिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...