‘सामाजिक नारी आवाज’ विमोचन

Published on

काठमाडौँ । ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा ‘सामाजिक नारी आवाज’ पुस्तिका विमोचन गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले यहाँका जिल्लाका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका महिलाहरूले महिला अधिकार, लैङ्गिक हिँसा अन्त्य लगायतका विषय वस्तु समेटिएर उहाँहरूको विचार प्रकाशन गरिएको छ । पुस्तिकामा स्याङ्जा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरूले लेखेको “लैङ्गिक हिंसाको अन्त्य” शीर्षक समेटिएको कविताहरू समेत समावेश गरिएको छ । विमोचन कार्यक्रममा प्रमुख अतिथि पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले यस पुस्तिकामा स्याङ्जा जिल्लामा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका महिलाहरूको सशक्त विचार र बालिकाहरूको कविता समेटिएको हुदाँ महिला अधिकार स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले महिलाहरूको अधिकार, सशक्तीकरण, लैङ्गिक हिंसा विरुद्धको सचेतना, विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले सामाजिक नारी आवाज पत्रिका एक सामाजिक, सांस्कृतिक र जागरुकता सम्बन्धी प्रकाशन भएको र यसले महिला अधिकार, समानता र सशक्तीकरण प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । लैङ्गिक हिंसाको अन्त्य कसरी बन्ने विषय केन्द्रित रहेर महिला नेतृत्वको विचार र विद्यालयका छात्राहरूले कविता यसमा समावेश गरेको हुदाँ लैङ्गिक हिसां अन्त्यका लागि सामाजिक नारी आवाज एउटा महत्त्वपूर्ण पुस्तिका हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्याधिवक्ता श्रीकला पौडेल, जनप्रतिनिधि, महिला अधिकारकर्मी, प्रहरी तथा विभिन्न क्षेत्रका महिलाहरूको उपस्थिति रहेको थियो । हरेक वर्ष मार्च ८ मा मनाइने नारी दिवस यस वर्ष “सबै महिला तथा बालिकाका लागि स् अधिकार, समानता र सशक्तीकरण” नाराका तय गरिएको छ ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...