ठुलो व्यापारिक सम्झौताका लागि साउदी अरब जाने ट्रम्पको भनाइ

Published on

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनसँगको अमेरिकी कूटनीतिका लागि महत्त्वपूर्ण स्थल बनेको साउदी अरबसँग ठुलो लगानीका लागि सम्झौता गर्न सुझाव दिँदै आफूले साउदी अरबको भ्रमण गर्ने योजना बनाएको बताउनुभएको छ । साउदी अरबमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने कि नभेट्ने भन्ने प्रश्नमा ट्रम्पले तेलको धनी खाडी मुलुकमा भ्रमण गर्ने आफ्नो इच्छा रहेको तर भ्रमणको मुख्य उद्देश्य व्यापार नै हुने उहाँले बताउनुभयो । “म साउदी अरब जाँदैछु,” ट्रम्पले पत्रकारसँग भन्नुभयो ।

“मैले साउदी राजासँग भनेको थिएँ, यदि तपाईंले अमेरिकी कम्पनीहरूलाई एक ट्रिलियन डलर दिने प्रतिबद्धता ९चार वर्षको अवधिमा एक ट्रिलियन डलरको खरिद गर्ने रकम छुट्टाउनुभयो० भने म त्यहाँ जान्छु,” उहाँले आफ्नो कार्यकालको अवधिलाई सङ्केत गर्दै भन्नुभयो । उहाँले आफ्नो भनाइलाई थप व्याख्या गर्दै भन्नुभयो, “उनीहरू त्यसो गर्न सहमत भएका छन्, त्यसैले म त्यहाँ जाँदैछु ।” ह्वाइट हाउस फर्केपछि अहिलेसम्म विदेश भ्रमण नगर्नुभएका ट्रम्पले सन् २०१७ मा कार्यभार सम्हालेपछि साउदी अरबलाई आफ्नो पहिलो विदेशी गन्तव्य बनाउनुभएको थियो । उहाँले सन् २०१७ मा आफ्नो पहिलो यात्रामा बेलायतको सट्टा साउदी अरब जाने निर्णय गरेको बताउनुभएको थियो । उक्त समय साउदी अरबले ४५० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी उत्पादन किन्ने वाचा गर्नुभएको थियो ।

ट्रम्पले साउदी अरबसँग घनिष्ठ व्यापारिक सम्बन्ध गाँसेसँगै ट्रम्प अर्गनाइजेसनले गत डिसेम्बरमा जेद्दाहमा ट्रम्प टावर बनाउने घोषणा गरेको थियो । आफ्नो पछिल्लो कार्यकालमा ट्रम्पले साउदी अरबले अमेरिकासँग हतियार खरिद गरेको कारण विद्रोही पत्रकार जमाल खशोग्गीको हत्या आरोप लागेका युवराज मोहम्मद बिन सलमानलाई सहयोग गर्ने बताउनुभएको थियो । पूर्व राष्ट्रपति जो बाइडेनले सुरुमा युवराजलाई मानव अधिकारका कारण ‘पराया’ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो तर पछि उहाँको प्रशासनले साउदी अरबलाई रक्षा सम्झौताको मस्यौदासहित इजरायललाई मान्यता दिन प्रोत्साहित गर्ने प्रयास गरेको थियो । ट्रम्प प्रशासनले साउदी अरबलाई इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्न राजी गराउने प्रयासमा पूर्ण गतिले अघि बढ्ने प्रतिज्ञा गरेको छ । यो राज्य इस्लामका दुई पवित्र स्थल भएको ठाउँ भएकोले यो एक ऐतिहासिक कदम हुनेछ । रासस/एएफपी

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...